१२५ वर्ष पहिलेको इतिहास : पहिलो मापसे पक्राउ

मादक पदार्थ सेवन गरेका ड्राइभरले सवारी साधन चलाउन नपाइने नियम अहिले सबैतिर छ । तर आज भन्दा २५ वर्ष पहिले अर्थात सन् १८९७ सेप्टेम्बर १० मा पहिलो पटक मादक पदार्थ सेवन (मापसे) गरेका ड्राइभर लण्डनमा पक्राउ परेका थिए ।

२५ वर्षिय जर्ज स्मिथको लण्डन क्याब एक भवनमा ठोक्किएर क्षतिग्रस्त भयो । उनको अस्वाभाविक अवस्था देखेर प्रहरीले उनी ड्रंक अन्डर इन्फ्लुएन्स छन् भन्ने कुरा थाहा पाइहाले । प्रहरीले उनलाई २५ सिलिङ जरिवाना गरे ।

उनले दर्ता नगरेको ट्याक्सी क्याब चलाएका हुन् वा होइनन् भन्ने वारेमा भने केही थाहा भएन किनभने सन् १८९७ को डिसेम्बर ६ पश्चात मात्र लाइसेन्स भएको क्याब प्रयोग गर्ने व्यवस्था गर्ने पहिलो सहरको रुपमा लण्डन विश्वकै पहिलो सहर बनेको थियो ।

अहिले मादक पदार्थ सेवन गर्नका लागि ब्रेथलाइजर लगायतका विभिन्न प्रविधिको विकास भए पनि पहिलो डिभाइसको रुपमा रोला हेजर नामक अन्वेषकले सन् १९३१ मा मात्र ड्रंकोमिटरको विकास गरेका थिए ।

सम्बन्धित समाचारहरू

बीएमडव्लूको प्राथमिकतामा भारतीय बजार, जनवरीमा ५ नयाँ मोडल सार्वजनिक गर्दै

बीएमडव्लूको प्राथमिकतामा भारतीय बजार, जनवरीमा ५ नयाँ मोडल सार्वजनिक गर्दै

जर्मन अटो ब्रान्ड बीएमडव्लूले भारतीय बजारलाई उच्च प्राथमिकतामा राखेको छ ।...

नेपाली बजारमा आइपुगे बीएस६ बीएमडब्ल्यु जी ३१० आर र जी ३१० जीएस मोटरसाइकल

नेपाली बजारमा आइपुगे बीएस६ बीएमडब्ल्यु जी ३१० आर र जी ३१० जीएस मोटरसाइकल

काठमाडौं – नेपालका लागि बीएमडब्ल्यु मोटरसाइकलको आधिकारिक वितरक हिमालयन...

घरेलु ब्रान्डको प्रभाव बढ्दा चीनमा युरोपेली प्रिमियम ब्रान्डको मूल्य १० प्रतिशतसम्म कटौती

घरेलु ब्रान्डको प्रभाव बढ्दा चीनमा युरोपेली प्रिमियम ब्रान्डको मूल्य १० प्रतिशतसम्म कटौती

२०२६ को सुरुवातमा, विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा सवारीसाधनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...