बीवाईडीका गाडी आइएमई जनरल इन्स्योरेन्समा बिमा गरिने, सहज भुक्तानीको सुविधा हुने

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स र नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक बीच बिमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंक बीवाईडीका सहायक महाप्रबन्धक आकाशविक्रम थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बीवाईडी ब्रान्डका सवारीसाधनको बिमा गरेका ग्राहकले कुनै किसिमको दुर्घटनाबाट सवारीसाधनको क्षति भएमा सेवा लिन सक्नेछन् । कम्पनीबाट बिमा गरेपछि सवारीसाधन दुर्घटनामा परी क्षति भएमा सोको सहज र सरल तरीकाले नगदरहित दाबी भुक्तानी गर्न सकिने कम्पनीको भनाइ छ ।

कुनै प्रकारको दुर्घटना भएमा वान विन्डो पोलिसी बमोजिम सबै कार्य साइमेक्स इंकमार्फत गरिने र ग्राहकलाई बिमा दावीका लागि कुनै समस्या नहुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

आइतबार देखि अशोक लेल्यान्डको विन्टर सर्भिस क्याम्प हुने

आइतबार देखि अशोक लेल्यान्डको विन्टर सर्भिस क्याम्प हुने

काठमाडौं – अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले सबै अशोक...

अटोमोबाइल कम्पनीमा सीईओे राख्ने ट्रेन्ड बढ्दो, यी हुन् हालका चर्चित सीईओे

अटोमोबाइल कम्पनीमा सीईओे राख्ने ट्रेन्ड बढ्दो, यी हुन् हालका चर्चित सीईओे

नेपालमा प्रायः बैंक तथा वित्तीय संस्थाहरुमा मात्र सीईओे अर्थात प्रमुख...

अशोक लेल्याण्डको नेपाली बजार : साना कमर्सियल देखी डिफेन्स भेइकल सम्मको कारोवार

अशोक लेल्याण्डको नेपाली बजार : साना कमर्सियल देखी डिफेन्स भेइकल सम्मको कारोवार

कमर्सियल भेइकलको उत्पादनमा कहलिएको भारतीय अटो उत्पादक अशोक लेल्याण्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...