अपडेट भएर आयो पल्सर १५०, नयाँ ग्राफिक्सका साथ नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध
बजाज अटोले आफ्नो लोकप्रिय बाइक पल्सर १५० नयाँ अपडेटसहित सार्बजनिक गरेको छ...
पल्सर सिरिजको सवैभन्दा सानो मोटरसाइकल एनएस १२५ नेपाल आउने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २ लाख ८० हजार रुपैयाँ मूल्य तोकेर यसको वुकिङ खुल्ला गराएको छ । भारतीय बजारमा अघिल्लो वर्ष लन्च भएको यो मोटरसाइकल ढिलै गरी भएपनि नेपाल आउन लागेको हो ।
पल्सर एन सिरिजका अन्य वाइकमा जस्तै यसको लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर प्रेरिरत रहेको छ । यो नयाँ मोटरसाइकलमा कम्पनीले १२४.४५ सिसीको विएस६ इन्जिन जडान गरेको छ । किक र सेल्फ दुवै तरिकाले स्टार्ट गर्न मिल्ने सुविधा दिइएको यसको अधिकतम पावर १२ पिएस र टर्क ११ एनएम रहेको छ । यसमा ५ स्पिड गियरवक्स दिइएको छ भने उच्चतम गती ११८ किलोमिटर प्रतिघन्टा रहेको छ । यो वाइकले प्रतिलिटर इन्धन खपतमा ६० किलोमिटर माथी माइलेज प्रदान गर्ने दावी गरिएको छ ।
यो वाइकको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम व्रेक जडान गरिएको छ । एविएस उपलब्ध नभएपनि यसमा कम्वाइन व्रेकिङ सिस्टम भने दिइएको छ । स्पोर्टी स्प्लिट सिट दिइएको यो नयाँ वाइकको सिट हाइट ८०५ एमएम तथा ग्राउन्ड क्लिरियन्स १७९ एमएम रहेको छ । स्लिक हेडल्याम्प र पल्सरको टे«डमार्क हेडलाइटले वाइकलाई थप स्पोर्टी देखाउन मद्धत गरेको छ । यसमा ट्विन पाइलट ल्याम्प सहित हेलोजन हेडल्याम्प र एलइडी टेल ल्याम्प दिइएको छ । वाइकमा एनालग डिजिटल क्लस्टर जडान गरिएको छ ।
मूल्य कम गर्न बाजजले एनएस सिरजका अन्य वाइकमा जस्तो यसमा धेरै फिचर्स भने उपलब्ध गराएको छैन । यो नयाँ वाइकलाई कम्पनीले दशैं अगाडीबाटै डेलिभरी दिनसक्ने अनुमान लगाइएको छ । नेपाली बजारमा यसले टिभिएस रेडरसंग कडा प्रतिस्पर्धा गर्ने देखिएको छ ।
बजाज अटोले आफ्नो लोकप्रिय बाइक पल्सर १५० नयाँ अपडेटसहित सार्बजनिक गरेको छ...
काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...
काठमाडौं – पटक पटक बढिरहेको बजाज मोटरसाइकलको मूल्य फेरि बढेको छ । नेपालका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...