असोज १ देखि बागमती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायल पास हुने

काठमाडौं – आगामी असोज १ देखि बागमती प्रदेशमा पनि ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली लागू हुने भएको छ । नेपाल सरकारले निर्देशिका जारी गरेको दुई वर्षपछि बागमती प्रदेशले स्मार्ट लाइसेन्सको ट्रायलमा अंकभार प्रणाली लागू गर्ने भएको हो ।

बागमती प्रदेशमा असोज १ गतेदेखि लाइसेन्सका लागि लिइने ट्रायल परीक्षामा अंकभार प्रणाली लागू गर्ने निर्णय भएको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बताएको छ ।

सोमबार संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको नेतृत्वमा सातै प्रदेशका यातायात मन्त्री सहित बसेको बैठकले सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ सबै प्रदेश कार्यालयहरुले अनिवार्य कार्यान्वयन गर्ने निर्णय गरेको निर्णय अनुसार बागमती प्रदेशमा पनि लागू हुने भएको हो ।

यसअघि प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्देशिका लागू भइसकेको छ ।

मधेस, बागमती र कर्णाली प्रदेशले भने यो व्यवस्था कार्यान्वनमा ल्याउन सकेका थिएनन् । बागमती प्रदेश सरकारले नयाँ नियम भएका कारण आवश्यक तयारी पूरा नहुँदा कार्यान्वयन गर्न नसकिएको भन्दै आएको थियो ।

अब ट्रायलमा कुल १०० अंकभारमध्ये ७० अंकसम्म ल्याउने चालकले स्मार्ट लाइसेन्स पाउन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

अब नागरिक एपबाटै सवारी साधनको राजस्व तिर्न र नवीकरण गर्न सकिने

अब नागरिक एपबाटै सवारी साधनको राजस्व तिर्न र नवीकरण गर्न सकिने

काठमाडौं – अब सवारी साधनको राजस्व र नवीकरण शुल्क समेत नागरिक एपबाटै तिर्न...

खोलेको तीन दिनमै प्राविधिक समस्या : लाइसेन्सको अनलाइन आवेदन बन्द

खोलेको तीन दिनमै प्राविधिक समस्या : लाइसेन्सको अनलाइन आवेदन बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन बन्द भएको छ।...

तपाईको स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी हेर्नुस्

तपाईको स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी हेर्नुस्

अहिले स्मार्ट ड्राइभिङ लाइसेन्सको चर्चा धेरै छ । तर पनि समयमै पाइदैन । लामो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...