पारामाउन्ट मोटर्सले नेपाल ल्यायो मेक्सस व्राण्डको नयाँ पीकअप

एमजी र माज्दा गाडी आयत गरी कारोबार गर्दै आइरहेको पारामाउन्ट मोटर्सले मेक्सस ब्राण्डलाई समेत नेपाल भित्राएको छ । चीनको एसएआईसी ग्रुप माहतको यो ब्रान्डले कमर्शियल र प्यासेन्जर गाडी उत्पादन गर्दै आइरहेमा तत्कालका लागी नयाँ पिकअप नेपाल आएको हो । एमजी पनि सोही ग्रुप मातहत उत्पादन हुँदै आइरहेको ब्राण्ड भएका कारण पारामाउन्ट मेक्ससका लागी समेत आधिकारिक वितरकका रुपमा नियुक्त भएको अनुमान गरिएको छ ।

कम्पनीले नेपाल भित्राएको नयाँ पिकअप टी ६० हो । जसमा २ हजार ८ सय सिसी क्षमताको डिजेल इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले अधिकतम १५० हर्स पावर र ३५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स दिइएको छ ।

टी ६० मा चालकले आफू अनुकुल तलमाथी र दायाँवायाँ गर्न मिल्ने एड्जस्टेवल ड्राइभर सिट दिइएको छ । यसैगरी अगाडि र पछाडि एसी, एयर प्यूरिफायर, एड्जस्टेवल स्टेरिङ ह्वील, फेब्रिक सिट, सेन्ट्रल लकिङ पावर विन्डो, ४ वटा स्पीकर, रिमोर्ट कि जस्ता फिचर उपलब्ध छ ।

यो नयाँ पिकअपको दुबै चक्कामा डिस्क ब्रेक इबीडी सहितको एबीएस, इएसपी, इबीए, डुअल एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, पार्किङ सेन्सर, रियर क्यामेरा जस्ता सेफ्टि फिचर दिइएको छ । ३ हजार १५५ एमएमको ह्वीलवेस र २१५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो पिकअप नेपाली भुगोल सुहाउँदो देखिन्छ ।

नेपाली सडकमा परिक्षण पश्चात यसको औपचारिक लन्च गरिने कम्पनीले जनाएको छ । तत्कालका लागी यसको मूल्य सार्वजनिक नगरिएपनि नेपालमा यो नयाँ पिकअपलाई ७५ लाख हाराहारी पर्ने आँकलन गरिएको छ ।

सम्बन्धित समाचारहरू

स्पोर्टी लुक्स र आकर्षक फिचरसहित  चिनियाँ बजारमा लन्च भयो एमजी वान क्रसओभर एसयूभी

स्पोर्टी लुक्स र आकर्षक फिचरसहित चिनियाँ बजारमा लन्च भयो एमजी वान क्रसओभर एसयूभी

चिनियाँ बजारमा एमजी वान कम्प्याक्ट क्रसओभर एसयूभी लन्च भएको छ । एमजी वान...

तयार हुँदै अब एमजी साइबर एक्स, चर्चामा पप–अप हेडलाइट, ओप्पोको ककपिट र कनेक्टिभिटी

तयार हुँदै अब एमजी साइबर एक्स, चर्चामा पप–अप हेडलाइट, ओप्पोको ककपिट र कनेक्टिभिटी

एमजीले आफ्नो फ्ल्यागशिप मोडल साइबरस्टर पछि साइवर सिरिजमा अर्को नयाँ मोडल...

एमजी४ ईभीको स्ट्रेन्थ टेस्ट सम्पन्न, ग्राउन्ड क्लियरेन्सको शंका मेटिएको भनाइ

एमजी४ ईभीको स्ट्रेन्थ टेस्ट सम्पन्न, ग्राउन्ड क्लियरेन्सको शंका मेटिएको भनाइ

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...