तीन ठूला बाइक कम्पनीले घोषणा गरे एकै पटक चाडपर्व स्किम, रोजी रोजी बाइक स्कुटर लिन सकिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका बाइक मध्ये तीन ठूला बाइक कम्पनी होन्डा, बजाज र टीभीएसले एकै पटक फेस्टिभल स्किमको घोषणा गरेका छन् । दसैं तिहार जस्ता चाडपर्व नजिकिएसँगै यी कम्पनीहरुले आज नयाँ स्किम सार्वजनिक गरेका हुन् ।

होन्डाले ‘होन्डा छ साथ साथ, दशैंको शुभलाभ’ नामक स्किम सार्वजनिक गरेको छ । यस अन्तर्गत ७ प्रदेशलाई समावेश गरेर हरेक प्रदेशबाट १ जनाले १ लाख रुपैयाँ जित्ने बताइएको छ । यसैगरी स्क्र्याचमा ७ लाख सम्मको क्यासब्याक पाइने र बम्परमा १५ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

त्यसैगरी अधिकतम ७ वर्ष सम्मको फ्रि सर्भिसिङ, स्पेयर पार्ट्समा ७ वर्ष सम्म ७ प्रतिशत छुट र बिग बाइकमा ७० हजार क्यासब्याक पाइने बताइएको छ ।

बजाजले ‘अब आधाको आधा नै काफी छ’ नामक स्किमद्वारा २५ प्रतिशत डाउन पेमेन्टमै बाइक लिन सकिने योजना सार्वजनिक गरेको छ । बाइकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र नगद बुझाएर बाँकी रकम फाइनान्समार्फत किस्ताको रुपमा तिर्न सकिने छ ।

त्यसैगरी बजाज बाइक किन्दा नगद तिरेर लिनेहरुका लागि ७ हजार रुपैयाँ छुट समेत हुनेछ ।

टीभीएसले ‘टीभीएस कायापलट’ नामक स्किम सार्वजनिक गरेको छ । यस अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा बम्पर उपहारको रुपमा ५० लाख सम्म पाउन सकिने छ । बाइक वा स्कुटर नकिनेरै पनि गएर त्यहाँ दिइएको निर्देशन अनुसार गरेमा १ लाख रुपैयाँ सम्म जित्न सकिने छ । त्यसैगरी किनेपछि १० लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

टीभीएस बाइक वा स्कुटरको वारेमा इन्क्वायरी मात्र गरे पनि हरेक दिन रियल मी सी३० स्मार्टफोन जित्न सकिने छ । यी वाहेक हरेक हप्ता शतप्रतिशत क्यासब्याक समेत पाइने छ ।

टीभीएसका बाइक वा स्कुटर २० प्रतिशत सम्मको डाउन पेमेन्टमा लिन सकिने छ । विजेताको घोषणा लक्की ड्रमार्फत हरेक मंगलबार साँझ ५ बजे टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सको फेसबुक पेजबाट लाइभ हेर्न सकिने छ ।

सम्बन्धित समाचारहरू

जनकपुरमा टीभीएसको नयाँ शोरुम विस्तार

जनकपुरमा टीभीएसको नयाँ शोरुम विस्तार

काठमाडौं –टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिप विस्तार गरेको छ ।...

इन्ट्रि लेभलको नयाँ इलेक्ट्रिक स्कुटर ल्याउँदै टीभीएस, मूल्य कति ?

इन्ट्रि लेभलको नयाँ इलेक्ट्रिक स्कुटर ल्याउँदै टीभीएस, मूल्य कति ?

टीभीएसले आफ्नो इलेक्ट्रिक टु–ह्विलर लाइनअपमा नयाँ स्कुटर थप्ने योजना...

२० प्रतिशत मात्र रकम बुझाएर होन्डाका दुई बाइक लिन सकिने, बाँकी रकम यसरी तिर्नुस्

२० प्रतिशत मात्र रकम बुझाएर होन्डाका दुई बाइक लिन सकिने, बाँकी रकम यसरी तिर्नुस्

होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...