देशभरका यी ५१ स्थानमा बनाउदै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं स्थित प्राधिकरण परिसरमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा बनाइएको अत्याधुनिक फास्ट चार्जिङ स्टेसन उद्घाटन गरिन् । आन्तरिक विद्युत् खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढावा दिनु अहिलेको आवश्यकता रहेको र त्यसका लागि चार्जिङ स्टेसन स्थापना महत्त्वपूर्ण कदम रहेको मन्त्री भुसालको भनाइ छ ।

प्राधिकरणले देशभरका विभिन्न ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगबाट करिब ३८ करोड रुपैयाँ लागतमा यी संरचना निर्माण भइरहेका हुन् ।

झापाको बिर्तामोड बसपार्कमा २ र दमक चार्जिङ केन्द्रमा थप २ गरी ४ वटा चार्जिङ स्टेसन बनाइनेछ । मोरङको विराटनगर बसपार्क र सुनसरीको इनरुवा बसपार्कमा पनि चार्जिङ स्टेसन राखिनेछ । उदयपुरको बेलका, सप्तरीको प्रहरी कल्याण कोष पेट्रोल पम्म, इलाका प्रहरी कार्यालय निजगढ र मकवानपुरमा दुई–दुईवटा चार्जिङ स्टेसन राखिनेछन् । चितवनको पारस बसपार्कमा दुई र मुग्लिङ पुलमा एउटा चार्जिङ स्टेसन राखिनेछ । सर्लाहीको हरिऔन रिफ्रेस सेन्टर र धादिङको इलाका प्रहरी कार्यालयमा पनि चार्जिङ स्टेसन बनिरहेका छन् ।

काठमाडौं उपत्यकाभित्र साझा सेवा बल्खुमा दुई, ललितपुरको साझा यातायातमा दुई, नेपाल पुलिस क्लबमा एउटा र नेपाल विद्युत् प्राधिकरणमा एउटा चार्जिङ स्टेसन रहनेछन् । काभ्रेको बनेपामा रहेको साझा सेवामा पनि दुई चार्जिङ स्टेसन बन्नेछन् । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नवलपरासीको बर्दघाटस्थित इलाका प्रहरी कार्यालय र कपिलवस्तुको गोरुसिंगेस्थित इलाका प्रहरी कार्यालयमा पनि दुई–दुईवटा चार्जिङ स्टेसन राख्ने तयारी छ । दाङको लमही बसपार्क, बाँकेको कोहलपुरस्थित नेपाल एपीएफ स्कुल र सुर्खेतको नयाँ बसपार्कमा पनि दुई–दुई चार्जिङ स्टेसन राखिनेछ । रूपन्देहीको भैरहवा बसपार्क र कैलालीको सशस्त्र प्रहरी बल बैजनाथ वाहिनीमा चार्जिङ स्टेसन राखिनेछ । पोखराको पर्यटक बसपार्क र लेकसाइडमा पनि चार्जिङ स्टेसन बनाइँदै छ । नुवाकोटको बसपार्कमा एउटा र हावा घरमा अर्को चार्जिङ स्टेसन बन्नेछ । सिन्धुलीको सिन्धुलीगढी बसपार्क र खुर्कोट रिसोर्ट सेन्टर, महोत्तरीको बर्दिबासस्थित इलाका प्रहरी कार्यालय र कञ्चनपुरको शैलेश्वरीस्थित सशस्त्र प्रहरी बलमा पनि चार्जिङ स्टेसन बन्दै छन् ।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा यस्तो देखियो इलेक्ट्रिक कार रेनो क्विड

परीक्षणको क्रममा यस्तो देखियो इलेक्ट्रिक कार रेनो क्विड

यो वर्ष धेरै कार कम्पनीहरूले इलेक्ट्रिक कार सेग्मेन्टमा प्रवेश गर्ने...

नेपालगञ्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम, दाङमा सुरु गरियो बिक्री

नेपालगञ्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम, दाङमा सुरु गरियो बिक्री

नेपालगञ्ज – नेपालगञ्जमा प्रिमियम चाइनिज ब्रान्ड बीवाईडीका विद्युतीय...

धेरै संख्यामा नेपाल प्रस्थान गरे डीपल एस ०७ : आइतबार लन्च हुने, छिट्टै डेलिभरी गरिने

धेरै संख्यामा नेपाल प्रस्थान गरे डीपल एस ०७ : आइतबार लन्च हुने, छिट्टै डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि चांगनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...