युनिराइड एन्ड रेस अटो टीभीएस फुटसल विजेता बन्यो ओएमजी बाबाज, पायो ५० हजार नगद

काठमाडौं – युनिराइड एन्ड रेस अटो टीभीएस फुटसल टुर्नामेन्ट २०७९ को विजेता ओएमजी बाबाज टिम बनेको छ । ३ दिन सम्म २० टिम बीच सम्पन्न प्रतियोगितामार्फत ओएमजी बाबाजले फाइनलमा विनायक सिद्धिलाई हराएर विजेता बनेको हो ।

विजेताले ओएमजी बाबाजले ५० हजार र उपविजेता विनायक सिद्धिले २५ हजार नगद पुरस्कार पाएका छन् ।

पहिलो पटक आयोजना गरिएको सो फुटसल प्रतियोगिताका विजेताहरुलाई युनिराइड एन्ड रेस अटोका सञ्चालक निर्मल सिग्देलले पुरस्कार हस्तान्तरण गरे । कलेज र कर्पोरेट गरी २० टिमको सहभागिता रहेको प्रतियोगिताका उद्घाटन टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिका सीईओ दीपक अग्रवालले गरेका थिए ।

विजेताहरुलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । साथै विजेताले विभिन्न संस्थाहरुबाट पुरस्कार तथा छात्रवृत्ति पाउने सिग्देलले बताए ।

युनि राइडले स्थापनाकालदेखि नै कार्यक्रम तथा संस्थाको विधान अन्तर्गत महिला, बालबालिका तथा युवाहरुलाई लक्षित गरि बेलाबेला विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । युनिराइड तथा रेस अटोले टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको डिलरको रुपमा कार्य गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

काठमाडौं – सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने...

स्मार्ट जेनेरेसनका लागि टीभीएस स्मार्ट एक्सचेन्ज, पुरानो बाइकलाई थप १५ हजार भ्यालुएसन

स्मार्ट जेनेरेसनका लागि टीभीएस स्मार्ट एक्सचेन्ज, पुरानो बाइकलाई थप १५ हजार भ्यालुएसन

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभर...

बनेपामा खुल्यो टीभीएसको नयाँ शोरूम निर्वेद मोटर्स

बनेपामा खुल्यो टीभीएसको नयाँ शोरूम निर्वेद मोटर्स

बनेपा – काभ्रेको बनेपामा टीभीएसको नयाँ शोरुम शुभारम्भ भएको छ । नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...