अर्थमन्त्रीले गरे क्षतिग्रस्त अटोमोबाइल शोरुमको स्थलगत अवलोकन
काठमाडौँ – अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगलागीबाट...
काठमाडौं – सरकारले गाडी र मोटरसाइकलका साथै विभिन्न वस्तुहरुमा लगाइएको प्रतिबन्धलाई असोज २८ गते सम्म बढाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जिप, कार, भ्यान तथा १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात माथिको प्रतिबन्ध सो अवधि सम्म बढाउने जानकारी दिएको हो ।
सरकारले ४ प्रकारका वस्तुको आयात लम्ब्याएको हो । यसअघि विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध गरिएकोमा अब भने ६ प्रकारका वस्तुको आयात खुलाइएको छ ।
यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरु, हिरा, रंगिन टीभी, खेलौना, तासजस्ता वस्तुको आयात भने खुलाइएको छ । सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि चार महिनाअघि १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । आयात प्रतिबन्धले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा समेत सुधार देखिएको छ ।
सरकारले गत बैशाख १४ गते देखि असार मसान्त सम्मका लागि भनेर २५० सीसी भन्दा माथिका मोटरसाइकल र जिप, कार, भ्यान लगायतका सवारी साधन आयातमा प्रतिबन्ध लगाएकोमा असार मसान्त पश्चात त्यसलाई भदौ १४ सम्मका लागि समय सीमा बढाएको थियो । पहिले २५० सीसी माथिका मोटरसाइकल आयात गर्न नपाइने भएकोमा पछि १५० सीसी माथिका मोटरसाइकल समेत आयात गर्न नपाइने नियम बनाइएको थियो ।
काठमाडौँ – अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगलागीबाट...
काठमाडौं–नाडा अटो शोमा यामाहाले आफ्नो नयाँ एडभेन्चर बाचयक डब्लुआर १५५...
काठमाडौं–रसुवा जिल्लामा आएको बाढी तथा पहिरोले सिर्जना गरेको भयावह...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...