हिरोले ल्यायो आहा दशै अफर, मोटरसाइकल वा स्कुटर किन्दा ७,५०० पक्का डिस्काउन्ट देखि १ लाख बम्पर

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले आहा दशैं अफर ल्याएको छ । चाडपर्वको उमङ्ग, हिरो चढी दङ्ग ट्यागलाइनका साथ उपलब्ध सो अफरमा हिरोका कुनै पनि मोटरसाइकल वा स्कुटर किन्दा ७ हजार ५ सय रुपैयाँ पक्का डिस्काउन्ट उपलब्ध हुनेछ ।

यसरी मोटरसाइकल वा स्कुटर किन्दा हरेक स्क्र्याचमा १ लाख रुपैयाँ सम्म छुट हुनेछ भने बम्परमा १ लाख रुपैयाँ पुरस्कार पाइने छ ।

नेपाली बजारमा उपलब्ध सबै मोटरसाइकल र स्कुटरमा हिरोले शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने स्किम समेत पहिले देखि नै उपलब्ध गराइरहेको छ ।

त्यसैगरी तत्काल हिरोफेरि अन्तर्गत पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ मोटरसाइकल वा स्कुटर ५ मिनेटमै साट्न सकिने अफर समेत उपलब्ध छ ।

यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा हिरोको सबैभन्दा कम मूल्यको मोटरसाइकल एचएफ डिलक्स हो । यसको मूल्य १ लाख ८३ हजार रुपैयाँ छ । त्यसैगरी सबैभन्दा धेरै मूल्यको मोटरसाइकल एक्सपल्स २०० फोरभी हो । यसको मूल्य ४ लाख ५२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

स्कुटरमा सबैभन्दा कम मूल्य ११० सीसीको प्लेजर हो । यसको मूल्य २ लाख ५ हजार ५ सय रुपैयाँ छ भने सबैभन्दा धेरै मूल्यको स्कुटर हिरो माएस्ट्रो एज १२५ एफआई हो । यसको मूल्य २ लाख ६८ हजार रुपैयाँ छ ।

नेपाली बजारमा उपलब्ध हिरोका मोटरसाइकलमा ५ वर्ष वा ७० हजार किलोमिटर र स्कुटरमा ५ वर्ष वा ५० हजार किलोमिटर सम्म वारेन्टी उपलब्ध छ । त्यसैगरी सबै मोडलमा ९ पटक निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

हिरो मोटरसाइकल र स्कुटरमा १ लाखसम्म छुट, डाउनपेमेन्ट नगरी बाइक किन्न सकिने

हिरो मोटरसाइकल र स्कुटरमा १ लाखसम्म छुट, डाउनपेमेन्ट नगरी बाइक किन्न सकिने

काठमाडौं– हिरो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले नगद छुट र शून्य...

बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम

बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम

काठमाडौ – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले आज...

ब्लुटुथ कनेक्टिभिटी र सार्पर डिजाइन सहितको नयाँ हिरो माएस्ट्रो एज स्कुटर अब नेपाली बजारमा

ब्लुटुथ कनेक्टिभिटी र सार्पर डिजाइन सहितको नयाँ हिरो माएस्ट्रो एज स्कुटर अब नेपाली बजारमा

काठमाडौं – नेपाली बजारमा नयाँ हिरो माएस्ट्रो एज लन्च भएको छ । नेपालका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...