विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेइकल चार्जर नेपालमा

काठमाडौं - एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेइकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इभी युजरहरूका लागि डिजाइन गरिएको हो।

इओ चार्जिङ ब्रिटिश प्रदायकको बिजुली बाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो। यसले एभी चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । इओ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो।

इओको टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र एमाजोन, डिएचएल र टेस्को जस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ।

यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ। डिसेम्बर २०२१ मा इओले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६०,००० ओटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो।

इओ मिनिमा इन्टग्रल 6mA DC को सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ। यसलाई बिना कुनै टाइप B RCD नियन्त्रण गर्न सकिन्छ । एओ मिनि घरको पावर इनपुट जडानको आधारमा 6 amp देखि 32 amp सम्म समायोजन गर्न सकिन्छ। बजारमा सबैभन्दा सानो 175MM X 125MM X 95MM मा उपलब्ध छ।

इओ मिनिका अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक ७.२ किलोवाटसम्मको पावर रेटिंगलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५ हजार रुपैंयाँ रहेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ सेवा थपिदै नागरिक एपमा, बागमतीको सवारी कर एपबाटै तिर्न सकिने

नयाँ सेवा थपिदै नागरिक एपमा, बागमतीको सवारी कर एपबाटै तिर्न सकिने

काठमाडौं – नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् ।...

३ वर्षमा टीभीएसले बेच्यो २ लाख युनिट आई–क्यूव, नेपालमा छैन चर्चा

३ वर्षमा टीभीएसले बेच्यो २ लाख युनिट आई–क्यूव, नेपालमा छैन चर्चा

काठमाडौं– टीभीएसको पहिलो इलेक्ट्रिक स्कुटर आई–क्यूबले भारतीय बजारमा २...

बीवाईडी नेपालका धेरै नक्कली पेज र वेबसाइट, आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी

बीवाईडी नेपालका धेरै नक्कली पेज र वेबसाइट, आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...