मोटरसाइकल ड्राइभिङ लाइसेन्सको लागि कसरी आवेदन दिने ? यस्तो छ प्रक्रिया

कुनै पनि सवारी साधन चलाउनका लागि त्यसको अनुमति पत्र वा लाइसेन्स हुनुपर्छ । लाइसेन्स भएमा स्वतन्त्र रूपमा ड्राइभ गर्न सकिन्छ भने बिमा कभरेज पनि हुन्छ ।

अनलाइन आवेदन कसरी भर्ने ?
नेपालको यातायात विभागले ड्राइभिङ लाइसेन्सको लागि साइन अप गर्न नयाँ साइट सुरू गरेको छ । यसको लागि निम्न कदमहरु चाल्नुपर्छः

१. सर्वप्रथम यातायात व्यवस्था विभागको वेबसाइटमा जानुहोस् र आफ्नो खाता खोल्नुहोस्, त्यसपछि लग इन गरी दिइएको जानकारी भर्नुहोस् ।

२. त्यस पछि आवश्यक विवरणहरू भर्नुहोस्, जस्तैः नाम, जन्म मिति, व्यक्तिगत फोन नम्बर, लिङ्ग, रक्त समूह, शिक्षा, पेशा, अभिभावकको नाम र सम्बन्ध, निकटतम यातायात व्यवस्थापन कार्यालय, अस्थायी र स्थायी विवरण आदि ।

३. फर्ममा सम्पूर्ण विवरण भरिसकेपछि सबमिट गर्नुहोस् र अर्काे पेजमा नागरिकताको नम्बर, नागरिकताको प्रकार, जिल्ला, जारी मिति भर्नुहोस् र ंनागरिकताको अगाडि र पछाडिको फोटो पनि राख्नुहोस् ।

कागजात कहाँ पेश गर्ने ?
१. आफ्नो सम्पूर्ण विवरण भरिसके पछि अर्काे पेजको ड्राइभिङ लाइसेन्समा गएर कुन सवारी साधनको लाइसेन्स लिने हो त्यसको चयन गर्नुहोस् । यसमा विदेश जाने व्यक्तिहरूले अत्यावश्यक सेवाहरूको लागि आवेदन दिन पनि सकिन्छ तर यसको लागि आफ्नो आवश्यकताको प्रमाण देखाउनुपर्छ ।

२. लाइसेन्स लिनको लागि आफूलाई अनुकूल हुने ठाउँ चयन गर्नुहोस् र कुन बेला जान चाहनुहुन्छ त्यसको मिति पनि चयन गर्नुहोस् । मिति चयन गरेपछि फोनमा ओटीपी कोड आउँछ ।

३. फर्ममा ओटीपी कोड भरिसकेपछि रकम भुक्तानीको लागि अर्को पृष्ठको लागि निर्देशिन दिइनेछ, रकम भुक्तानी इलेक्ट्रोनिक रूपमा पनि गर्न सकिन्छ । त्यसपछि रकम भौचर प्रिन्ट गरेर निकाल्नुहोस् ।

४. त्यस पछि आफ्नो इजाजतपत्र फारमको प्रिन्टआउट विवरण निकाल्नुहोस् ।

५. प्रिन्टआउट निकालेको फर्ममा आफ्नो पासपोर्ट साइजको फोटो पनि टाँस्नुहोस् ।

सम्पूर्ण फर्मको विवरण सबमिट गरिसकेपछि त्यसको १÷२ दिन पछि लिखित परीक्षाको लागि आवेदकलाई फोन आउँछ र परीक्षामा पास भएपछि मात्र त्यसको भोलि पल्ट ट्रायलको लागि बोलाइन्छ ।

लिखित परीक्षा दिनको लागि आफ्नो कागजात र सरकारी करका लागि रु. १५००/– पनि साथमा लिएर जानुहोला ।

सम्बन्धित समाचारहरू

चुनावका दिन यी रुटमा पर्यटकीय सटल बस चल्ने

चुनावका दिन यी रुटमा पर्यटकीय सटल बस चल्ने

काठमाडौं –  स्थानीय तहको निर्वाचनको दिन पर्यटकलाई सहज बनाउन नेपाल पर्यटन...

ड्राइभिङ लाइसेन्स अब १० वर्षमा नवीकरण गर्न सकिने व्यवस्था हुँदै

ड्राइभिङ लाइसेन्स अब १० वर्षमा नवीकरण गर्न सकिने व्यवस्था हुँदै

काठमाडौं – हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने सवारी चालक अनुमति पत्र...

असार मसान्त भित्रै कर तिर्ने अवसर : नत्र ३२ प्रतिशत थप जरिवाना लाग्ने

असार मसान्त भित्रै कर तिर्ने अवसर : नत्र ३२ प्रतिशत थप जरिवाना लाग्ने

तपाईको सवारी साधनको वार्षिक कर तिर्न बाँकी छ कि छैन ? छ भने यही असार मसान्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...