साउनमा कति भित्रिए इलेक्ट्रिक र अन्य कार ?

काठमाडौं – नयाँ आर्थिक वर्षको प्रारम्भिक महिना साउनमा थोरै मात्र सवारी साधन नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार इलेक्ट्रिक र अन्य पेट्रोलियम पदार्थ दुवैबाट चल्ने सवारी साधन यो महिना थोरै मात्र भित्रिएको देखिन्छ ।

साउन महिनामा सबैगरी २११ युनिट इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका छन् । यो अवधिमा १०० किलोवाट क्षमताका इलेक्ट्रिक कार चीनबाट ३८, भारतबाट १२५ र कोरियाबाट ४२ युनिट भित्रिएका छन् । त्यसैगरी १०० भन्दा बढी २०० किलोवाट सम्मका कोरियाबाट २ र अमेरिकाबाट २ युनिट भित्रिएका छन् भने २०० किलोवाट भन्दा बढी क्षमताका अमेरिकाबाट २ युनिट इलेक्ट्रिक गाडी भित्रिएका छन् ।

तीन पांग्रे सवारी साधन भने केही बढी संख्यामा भित्रिएका छन् । यो अवधिमा चीनबाट ४३७ र भारतबाट २२ युनिट इलेक्ट्रिक थ्री ह्विलर भित्रिएका छन् । चीनबाट अनएसेम्बल अवस्थाका ६४ युनिट थ्री ह्विलर समेत भित्रिएका छन् ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको अवस्था पनि त्यस्तै छ । १००० सीसी वा त्यो भन्दा कम क्षमताका २६ युनिट सवारी कार, जिप, भ्यान भारतबाट भित्रिएका छन् । त्यसैगरी १००० भन्दा बढी र १५०० सीसी सम्मको कार, जिप, भ्यान ६२ युनिट भारतबाट र १ युनिट चीनबाट भित्रिएको छ ।

डिजेल इन्जिनबाट चल्ने कार, जिप र भ्यान १५०० सीसी सम्मको ७ युनिट र त्यो भन्दा बढी २५०० सीसी सम्मको १६ युनिट भित्रिएको छ ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा असर पुगेको भन्दै हाल १५०० सीसी सम्मका कार मात्र नेपाल ल्याउन अनुमति दिएको छ । त्यसैगरी १०० किलोवाट भन्दा बढी क्षमताका इलेक्ट्रिक कारमा पनि धेरै कर बढाएको छ । यसको प्रत्यक्ष असर आयातमा परेको हो ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ ।...

बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो ३ : साउन २० मा नेपालमा लन्च हुने

बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो ३ : साउन २० मा नेपालमा लन्च हुने

काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी अगस्ट ५...

४ लाख ३९ हजार डाउन पेमेन्टमै दीगो ई८ इलेक्ट्रिक कार लिन सकिने

४ लाख ३९ हजार डाउन पेमेन्टमै दीगो ई८ इलेक्ट्रिक कार लिन सकिने

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार दीगो ई६ को मूल्य हाल २१ लाख ९४ हजार ५ सय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...