यामाहा रे जेडआर स्ट्रिट -याली १२५ ले दियो ७०.९३ किमी माइलेज, ३ वर्षमा १ लाख बच्ने दावी

काठमाडौं – यामाहाको लोकप्रिय स्कुटर रे जेडआर स्ट्रिट -याली १२५ एफआईले माइलेज च्यालेन्जमा प्रतिलिटर पेट्रोल खपतमा ७० किलोमिटर बढी माइलेज दिएको दावी गरिएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले हालै पोखरामा आयोजना गरेको माइलेज च्यालेन्जमा सो स्कुटरले ७०.९३ किलोमिटर माइलेज प्रदान गरेको दावी गरिएको हो ।

यामाहाले सो स्कुटरलाई ‘आइएम ५८ किलोमिटर प्रतिलिटर’ स्लोगन राखेर प्रमोशन गरिरहेको छ । यसमा जडान गरिएको एफआई इन्जिनका कारण यति धेरै माइलेज दिन सफल भएको कम्पनीको भनाइ छ । यही सेग्मेन्टका अन्य स्कुटरको तुलनामा सर्वाधिक माइलेज दिने दावी गरिएको यो स्कुटर प्रयोग गर्दा ग्राहकले तीन वर्षमा इन्धनबापत हुने खर्चबाट १ लाख रुपैयाँसम्म वचत गर्न सक्ने बताइएको छ ।

रे जेडआर स्ट्रिट -यालीमा १२५ सीसी क्षमताको एफआई व्लुकोर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८.२ पीएस र टर्क ९.७ एनएम रहेको छ । यो स्कुटरमा ५.२ लिटर क्षमताको इन्धन ट्यांकी छ ।

यो स्कुटरमा ‘एक्स–कनेक्ट’ टेक्नोलोजी दिइएको छ । जसले यो स्कुटरलाई प्रविधिमैत्री त वनाएको छ नै साथमा प्रयोग गर्न सजिलो र सहज समेत बनाएको छ । आकर्षक लुक्स तथा डिजाइनमा उपलब्ध यो स्कुटर कुल २ भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य रेगुलर भेरिएन्टको २ लाख ६१ हजार ९ सय र स्ट्रिट -यालीको २ लाख ८९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

यामाहाले ल्यायो नयाँ वर्ष अफर, बाइक किन्दा क्यासब्याक र उपहारको अवसर

यामाहाले ल्यायो नयाँ वर्ष अफर, बाइक किन्दा क्यासब्याक र उपहारको अवसर

यामाहा मोटरसाकल तथा स्कुटरको आधिकारिक विक्रेताएमएडब्ल्यु...

यामाहा मोटरसाइकलमा ५ हजार र स्कुटरमा ८ हजारसम्मले मूल्य वृद्धि

यामाहा मोटरसाइकलमा ५ हजार र स्कुटरमा ८ हजारसम्मले मूल्य वृद्धि

काठमाडौं – यामाहा बाइक तथा स्कुटरको आधिकारिक बितरक एमएडब्लु...

हिमालय रोडिज सिजन ७ का विजेतालाई यामाहा मोटरसाइकल हस्तान्तरण

हिमालय रोडिज सिजन ७ का विजेतालाई यामाहा मोटरसाइकल हस्तान्तरण

काठमाडौँ – नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिजको सातौँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...