यस्तो छ टिभिएसले नेपालमै एसेम्वल गर्न लागेको अर्वन स्क्रयाम्वलर रोनिन

टिभिएसले हालसालै भारतीय बजारमा लन्च गरेको रोनिन मोटरसाइकल नेपालमै एसेम्वल हुने भएको छ । १५० सिसी माथीका मोटरसाइकल आयतमा प्रतिवन्ध लागको कारण नेपालका लागी आधिकारिक वितरक जगदम्वा मोटर्सले २२५ सिसीको यो मोटरसाइकललाई नेपालमै एसेम्वल गर्न लगोको हो । आगामी दशैसम्म यो नयाँ मोटरसाइकललाई बजारमा उतारीसक्ने जगदम्वको योजना छ ।

अर्बन स्क्रयाम्बलर रोनिनमा ड्युअल पर्पज टायर, हाई ग्राउन्ड क्लियरेन्स, गोल्डेन–डिप्ड यूएसडी फ्रन्ट फोर्क, एलईडी लाइट, बत्ती र सर्कुलर हेडल्याम्प रेट्रो थिम, पूर्ण डिजिटल राउण्ड इन्स्ट्रयुमेन्ट क्लस्टर र कम्पनीको प्याटेन्टेड टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ जस्ता फिचर समावेश गरिएको छ । साथै बाइकमा भ्वाइस असिस्ट फिचर उपलब्ध छ, जसले यस बाइकलाई अझ आकर्षक बनाएको छ ।

टीभीएस रोनिनमा २२५.९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । सो इन्जिनले ७७५० आरपीएममा १५.०१ किलोवाटको पावर र ३७५० आरपीएममा १९.९३ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । टीभीएसले यो इन्जिनले उत्कृष्ट परफर्मेन्स दिने दाबी गरेको छ ।

यो वाइकको मूल्य भारतीय बजारमा सिंगल टोन सिंगल च्यानल एबिएसको १ लाख ४९ हजार भारु तोकिएको छ । यसैगरी ड्युअल टोन सिंगल च्यानलको मूल्य १ लाख ५६ हजार र टीभीएस रोनिन ट्रिपल–टोन ड्युअल च्यानलको मूल्य १ लाख ६८ हजार भारु राखिएको छ ।

सम्बन्धित समाचारहरू

महामारीमा सहयोगको श्रृखंला चलाउदैं शंकर ग्रुप र इन्फिनिटी होल्डिङ

महामारीमा सहयोगको श्रृखंला चलाउदैं शंकर ग्रुप र इन्फिनिटी होल्डिङ

काठमाडौं – कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई...

बजेटपछि यी बाइक भए महंगो, अझै केही ब्रान्ड पुरानै मूल्यमा किन्न सकिने मौका

बजेटपछि यी बाइक भए महंगो, अझै केही ब्रान्ड पुरानै मूल्यमा किन्न सकिने मौका

आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले २ सय सीसी बढी क्षमताका मोटरसाइकलमा...

आपचे आरटिआर १६० को रेसिङ एडिसन सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

आपचे आरटिआर १६० को रेसिङ एडिसन सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– टिभिएसले आफ्नो चर्चित मोटरसाइकल अपाचे आरटिआर १६० टुभीको रेसिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...