प्रदूषण कम गर्न हाइड्रोजनबाट चल्ने स्कुटर ल्याउदै टीभीएस

विश्वभरि द्रुत रूपमा बढ्दो प्रदूषण स्तरलाई कम गर्नका लागि अटो निर्माता कम्पनीहरूले यसतर्फ ध्यान दिइरहेका छन् । सो कार्यका लागि टीभीएस कम्पनी पनि अघि सरेको छ । टीभीएसले हालै हाइड्रोजनबाट चल्ने स्कुटरको विकल्प अघि सारेको छ ।

केही समय अघि भारतीय अटोमेकरको नाम र डिजाइन भएको फोटो अनलाइनमा लिक भएको थियो । उक्त लिक भएको फोटो अनुसार केही कम्पनीले उक्त स्कुटरमा काम गरिरहेको भन्ने पुष्टि गरेको छ, जसमा स्कुटरको फ्रेमको अगाडिको डाउनट्युबमा २ वटा हाइड्रोजन ‘इन्धन’ क्यानिस्टर राखिएको छ । सो डिजाइनमा फिलर नोजल अगाडिको एप्रोनमा अवस्थित छ र पाइपले २ वटा क्यानिस्टर जोडिएको छ ।

हाइड्रोजन इन्धन बाइकको सिट मुनि हुनेछ । साथै, यो स्कुटरको फ्लोरबोर्ड मुनि ब्याट्री प्याक पनि हुनेछ, जसको साइज भने तय गरिएको छैन । यसमा पावरको आवश्यकता घट्दा इन्धन सेलले ब्याट्री प्याक भर्छ । मोटरको लागि, टीभीएसले हब–माउन्ट गरिएको ४.४ केडब्ल्यु जडान गर्नेछ ।

हाइड्रोजन फ्युलले ब्याट्रीले जस्तै काम गर्छ, जसमा तिनीहरूको क्याथोड र एनोडको बीचमा इलेक्ट्रोलाइट पनि हुन्छ । एनोडले हाइड्रोजन प्राप्त गर्छ र क्याथोडले वायुमण्डलबाट अक्सिजन प्राप्त गर्छ । एनोडको सम्पर्कमा आउने वित्तिकै हाइड्रोजनमा प्रोटोन र इलेक्ट्रोनलाई छुट्याउँछ ।

क्याथोडमा पुग्न प्रोटोनलाई इलेक्ट्रोलाइटको माध्यम मात्र हुन्छ । तसर्थ, क्याथोडमा पुग्नको लागि, इलेक्ट्रोन बाहिरी तार मार्फत जानुपर्छ । त्यहाँ पुगेपछि बिजुलीमा परिवर्तन हुन्छ र नियन्त्रक तथा मोटरमा पठाइन्छ । अन्ततः प्रोटोन र इलेक्ट्रोन दुवैको साथ क्याथोडमा पुगेपछि, हाइड्रोजन र अक्सिजनले पानीको वाफ उत्पादन गर्न मिल्छ, जुन निकास ग्यासको रूपमा निस्कन्छ ।

सम्बन्धित समाचारहरू

महिलामाझ स्कुटरको बढ्दो आकर्षण, हलुका तौल र राम्रो माइलेजका कारण यी मोडल लोकप्रिय

महिलामाझ स्कुटरको बढ्दो आकर्षण, हलुका तौल र राम्रो माइलेजका कारण यी मोडल लोकप्रिय

स्कुटरलाई सबैभन्दा सुविधाजनक सवारीसाधनको रूपमा लिइन्छ । कार्यालय, कलेज वा...

यस्ता छन् हालै लन्च भएको पारिवारिक स्कुटर टीभीएस जुपिटर ११० को प्रमुख विशेषता

यस्ता छन् हालै लन्च भएको पारिवारिक स्कुटर टीभीएस जुपिटर ११० को प्रमुख विशेषता

भारतमा अत्यधिक लोकप्रिय स्कुटरमध्ये एक टीभीएस जुपिटर ११० अब आधिकारिक...

नयाँ प्रविधि र आकर्षक डिजाइनका साथ २०२५ टीभीएस अपाचे आरटीआर ३१० लन्च

नयाँ प्रविधि र आकर्षक डिजाइनका साथ २०२५ टीभीएस अपाचे आरटीआर ३१० लन्च

टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय नेकेड स्पोर्ट्स बाइक अपाचे आरटीआर ३१०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...