अपडेटेड २०२४ हिरो एक्सट्रिम १६०आर ४भी लन्च
हिरो मोटोकर्पले अपडेटेड एक्सट्रिम १६०आर भी४ भारतीय बजारमा लन्च गरेको छ ।...
दुई पाङ्ग्रे सवारी साधनमा अफ–रोड बाइकको क्रेज बढ्न थालेको छ । हिरो मोटोकर्पले यस सेगमेन्टमा हिरो एक्सपल्स २००, एक्सपल्स २०० ४भी र एक्सपल्स २००टी बिक्री गरिरहेको छ ।
हिरोले अफरोड क्षेत्रमा ठूलो इन्जिन बाइक ल्याउने तयारी गरिरहेको छ । कम्पनीले एक्सपल्स ३००, एक्सपल्स ३००टी र स्ट्रिम ३०० एसजस्ता ठूला बाइकमा काम गरिरहेको छ । हालै सामाजिक सञ्जालमा यी बाइकको परीक्षण मोडलका तस्बिर सार्वजनिक भएको थियो ।
रिपोर्टका अनुसार हिरो एक्सपल्स ३०० एड्भेन्चर बाइक, एक्सपल्स ३००टी एड्भेन्चर टुरर मोडल र स्ट्रिम ३०० एस फुल फेयरिङ सहितको स्पोर्ट्स बाइक हुनेछ । कम्पनीले यी ३ वटै बाइकमा ३०० सीसी इन्जिन प्रयोग गर्नेछ । यो बाइकमा एउटै इन्जिन प्रयोग गरिए तापनि पावर र टर्क आउटपुट फरक हुनेछ ।
कम्पनीले यी ३ वटा बाइक २०२३ मा लन्च गर्ने योजना बनाएको छ । हिरो एक्सपल्स ३०० को कन्सेप्ट २०२० हिरो वल्र्ड इभेन्टमा सार्वजनिक गरिएको थियो ।
हिरो एक्सपल्स ३०० बाइकमा रेज्ड ह्यान्डलबार, एग्रेसिभ हेडल्याम्प काउल, कम्प्याक्ट विन्डस्क्रिmन, इन्जिन गार्ड, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, स्पोक ह्विल, अफ–रोड टायर र एलईडी हेडलाइट जस्ता फिचर हुनेछ ।
हिरो एक्सपल्स ३०० मा पाइने पाङ्ग्राहरू रोयल इन्फिल्ड हिमालयन जत्तिकै हुन सक्छ । यसमा २१ इन्चको फ्रन्ट ह्विल र १८ इन्चको रियर ह्विल हुनेछ । बाइकमा डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस स्ट्यान्डर्डका रूपमा दिइनेछ । बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक सस्पेन्सन हुनेछ ।
एक्सपल्स ३००टी लन्चिङ पछि रोयल इन्फिल्ड हिमालयन, येज्दी एड्भेन्चर, केटीएम ३९० एड्भेन्चर, बीएमडब्ल्इु जी३१०जीएससँग प्रतिस्पर्धा गर्नेछ ।
हिरो मोटोकर्पले अपडेटेड एक्सट्रिम १६०आर भी४ भारतीय बजारमा लन्च गरेको छ ।...
हिरोको सर्बाधिक लोकप्रिय वाइक एक्सपल्स सिरिज ३२ हजार रुपैयाँसम्मले महंगो...
भारतका चर्चित अभिनेता अमिताभ बच्चनले एक बाइकसँग लिफ्ट मागेको कार्यले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...