अब सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड, ७० ल्याए पास, यस्तो हुनेछ अन्य व्यवस्था

काठमाडौं – सरकारले सातै प्रदेशमा सवारी चालक अनुमति पत्रको लागि लिइने ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू गर्ने भएको छ ।

सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । संशोधित कार्यविधिअनुसार लाइसेन्सको प्रयोगात्मक ९ट्रायल० परीक्षामा १ सय अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई अब सबै प्रदेशले कार्यान्वयन गर्नेछन् ।

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले निर्देशिका लागू गरेका भए पनि मधेश प्रदेश, बागमती र कर्णाली प्रदेशले पूर्वाधारको अभाव र आन्तरिक तयारी नपुगेको भन्दै कार्यान्वयनमा ल्याएका छैनन् । यसै साता संघीय यातायात मन्त्रालयमा भएको सहमतिमा बाँकी रहेका प्रदेशले पनि चाँडै लागू गर्न हस्ताक्षर गरेका छन् ।

नयाँ निर्देशिका वर्ग ‘क’ मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ कार, जिप, डेलिभरी भ्यानमा मात्र कार्यान्वयन गर्न लागिएको हो ।

नयाँ मापदण्ड कार्यान्वयनमा आएसँगै विभागले चालक अनुमतिपत्रको लागि सहभागी हुने ६० देखि ८० प्रतिशत परीक्षार्थी लाभान्वित हुने बताएको छ । हाल लिखित परीक्षामा कुल अंकभारमा ५० अंक ल्याउने पास भएपछि प्रयोगात्मकमा सहभागी हुने पाउने छन् र तोकिएको ट्रायल पास गर्नुपर्ने व्यवस्था छ ।

अब परीक्षार्थीले ट्रायल दिन आफैं पनि सवारीसाधनको व्यवस्था गर्न सक्नेछन् । मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानको अनुमतिपत्रका लागि ट्रायलमा सात चरणको प्रक्रियामा पास हुनु पर्नेछ । यसले गर्दा सवारीचालक अनुमतिपत्र लिनको लागि हुने चाप, अपारदर्शिता, बिचौलिया हावी, सेवाग्राहीमा देखिएको सास्ती कम हुने विभागको अपेक्षा छ । नयाँ मापदण्डमा लिखित परीक्षाको लागि एक आर्थिक वर्षमा सोधिने ५ सय प्रश्नको संग्रह सार्वजनिक भइसकेको छ । विभागको मातहतका उपत्यकाका ४ सेवा कार्यालयसहित देशभरका २४ वटा सेवा कार्यालयहरूबाट सेवा प्रवाह भइरहेको छ ।

सम्बन्धित समाचारहरू

यातायात कार्यालयको सर्भरमा समस्या आएपछि लाइसेन्स लिने प्रक्रिया रोकियो

यातायात कार्यालयको सर्भरमा समस्या आएपछि लाइसेन्स लिने प्रक्रिया रोकियो

काठमाडौं– यातायात व्यवस्था विभागले संचालन गर्दै आएको लाइसेन्सको सर्भरमा...

अब लाइसेन्स र ब्लुबुक नवीकरणको पैसा समेत घरैबाट तिर्न सकिने

अब लाइसेन्स र ब्लुबुक नवीकरणको पैसा समेत घरैबाट तिर्न सकिने

काठमाडौं – लाइसेन्स र ब्लुबुक नवीकरण अनलाइनमार्फत गर्न सकिने विभिन्न...

यस्तो हुँदैछ :आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल

यस्तो हुँदैछ :आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल

काठमाडौं – तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ?...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...