नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घ र एमएडब्लु इन्टरप्राइजेज बीच व्यापारिक सम्झौतामा हस्ताक्षर

काठमाडौँ— नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इण्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउण्टेण्ट्स सङ्घबीच व्यापारिक सम्झौता भएको छ । उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रवर्द्धन गर्न तथा दुई पक्षीय बृहत्तर हित पुर्याउने उद्देश्यको साथ भएको बताइएको छ ।

कम्पनीहरूसँग परस्परिक सम्बन्ध विकास गरी सो कम्पनीहरूलाई आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकुल वातावरण सृजना गरी सहयोग पुर्याउने अभिप्रायको साथ एमएडब्लु इण्टरप्राइजले यस्तो सम्झौता सुरू गरेको यामाहा नेपालका सिइओ राजु क्षेत्रीले बताएका छन् ।

यस सम्झौताअन्तर्गत अब आफ्ना कर्मचारीहरुले सहुलियत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइक÷स्कुटर लिन सक्ने एकाउण्टेण्टस सङ्घले बताएको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै यामाहा नेपालका सिइओ राजु क्षेत्रीले यस किसिमको सम्झौताले दुबै पक्षलाई फाइदा पुर्याउने बताए । साथै, आगामी दिनहरूमा यस किसिमका सम्झौताहरू एमएडब्लुले अन्य कम्पनीहरूसँग पनि गर्ने सिईओ क्षेत्रीले बताए ।

सम्बन्धित समाचारहरू

चर्चित कलकार मनोज गजुरेलले खरिद गरे यामाहा रे–जेडआर १२५ स्कुटर

चर्चित कलकार मनोज गजुरेलले खरिद गरे यामाहा रे–जेडआर १२५ स्कुटर

चर्चित हास्य कलाकार मनोज गजुरेलले यामाहा व्रान्डको रे–जेडआर १२५ एफआई...

यामाहा स्कुटरको भव्य माइलेज,  ‘नाउ आई एम ७१.३३ केएमपीएल’ अभियान सार्वजनिक

यामाहा स्कुटरको भव्य माइलेज, ‘नाउ आई एम ७१.३३ केएमपीएल’ अभियान सार्वजनिक

काठमाडौं – इन्धनको मूल्य निरन्तर उच्च हुँदै गएको वर्तमान समयमा यमाहा...

यस्तो आकर्षक कलर र स्टाइलमा आउँदै छ यामाहा आर१५एम

यस्तो आकर्षक कलर र स्टाइलमा आउँदै छ यामाहा आर१५एम

यामाहाले हाल बजारमा उपलब्ध आर१५ को नयाँ भर्सन कस्तो ल्याउला भन्ने समाचार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...