१६० किलोमिटरसम्म रेन्ज दिने कोमाकीको नयाँ इलेक्ट्रिक स्कुटर डिटी ३००० नेपाली बजारमा

कोमाकी विद्युतीय स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले नयाँ स्कुटर डिटी ३००० भित्राएको छ । ३ लाख ३० हजार रुपैयाँ मूल्य निर्धारण गरेर विक्री शुरु भएको यो स्कुटरलाई कम्पनीले हाई स्पिड सेग्मेन्टमा राखेको छ ।

६२ भोल्ट ५२ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक जडान गरिएको यो स्कुटरलाई जम्मा ४ देखि ५ घण्टामा पूरा चार्ज गर्न सकिन्छ । यसमा जडित ब्याट्रीले एक पटकको पूरा चार्जमा १४० देखि १६० किलोमिटरसम्मको माइलेज दिने दावी गरिएको छ । यसको टप स्पीड भने प्रतिघन्टा ८० किलोमिटरको छ । यो स्कुटरको रेटेड पावर ३ हजार र पिक पावर ५ हजार किलोवाट रहेको छ ।

यो नयाँ स्कुटरमा फायर फ्रूफ, वाटर प्रूफ, स्मार्ट बिएमएस एक्टिभ व्यालेन्सिङ, टिएफटी टच स्क्रिन र दुवै चक्कामा डिस्क ब्रेकलगालयत विशेषताहरू उपलब्ध गराइएको छ । स्टेनलेस स्टिल फ्रेम च्यासिस, दुवै साइडमा फुट रेष्ट, व्याक गार्ड र फराकिलो वुट स्पेस जस्ता फिचर्स समेत उपलब्ध छ ।

यो स्कुटर खरिद गर्ने पहिलो २० जना ग्राहकहरूलाई कम्पनीले २० हजार रुपैयाँ छुट दिने बताएको छ । यसबाहेक स्कुटर छोप्न कभर र एउटा राम्रो गुणस्तरको हेलमेट पनि निःशुल्क उपलब्ध गराइने कम्पनी स्रोतले बताएको छ । यो कालो, निलो, रातो र ग्रे गरी चार भिन्न कलर अप्सनमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

चीनको प्रतिष्ठित कम्पनीले ल्यायो ‘बेस्ट एसयूभी इन द वर्ल्ड’, फर्स्ट आवरमै ३ हजार अर्डर

चीनको प्रतिष्ठित कम्पनीले ल्यायो ‘बेस्ट एसयूभी इन द वर्ल्ड’, फर्स्ट आवरमै ३ हजार अर्डर

चीनमा गत डिसेम्बर २० मा आईएम मोटर्सले सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी...

बीवाईडीले ल्यायो फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’, अन्य कम्पनीको सेयर मूल्यमा गिरावट

बीवाईडीले ल्यायो फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’, अन्य कम्पनीको सेयर मूल्यमा गिरावट

बीवाईडीले ल्याएको फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’ को चर्चा चुलिएको छ...

टेस्लाको प्लान्ट आफ्नो प्रदेशमा लगाउन भारतमा यी राज्यबिच प्रतिस्पर्धा

टेस्लाको प्लान्ट आफ्नो प्रदेशमा लगाउन भारतमा यी राज्यबिच प्रतिस्पर्धा

बिश्वप्रख्यात लक्जरी इभी ब्रान्ड टेस्लालाई आफ्नो राज्यमा प्लान्ट राख्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...