यामाहाको नयाँ इलेक्ट्रिक स्कुटर ‘एक्सेन्टर ई’ सार्वजनिक, १०८ किलोमिटर रेन्ज र १६ इन्चका ठूला टायर
यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ‘एक्सेन्टर ई’ सार्वजनिक गरेको छ। १६...
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले बहु–सुविधासहितको नयाँ ईएमआई अफर ल्याए पश्चात यसका विभिन्न मोडलका बाइक र स्कुटर किन्न सहज भएको छ । देशमा व्याप्त आर्थिक मन्दीको असरलाई ध्यानमा राखी, सेवाग्राहीहरूलाई सहुलियतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक/स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ सो फाइनान्सिङ योजना सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।
यस अफर अन्तर्गत यामाहाको एफजेड–एफआई भी२ मोटरसाइकल किन्नका लागि ४० प्रतिशत रकम अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी क्रमशः रु ११,३१६/–, रु. ८,७८९/– र रु. ७,३४७/– को ईएमआई भुक्तान गर्नु पर्नेछ । यो मोटरसाइकलको मूल्य ३ लाख २३ हजार ९ सय रुपैयाँ छ । शुरुमा यो रकमको ४० प्रतिशत अर्थात १ लाख २९ हजार ५६० रुपैयाँ डाउन पेमेन्टको रुपमा बुझाउनु पर्छ ।
यामाहाको फ्युल इन्जेक्सन सिस्टममा सेन्सर, एक्चुएटर र इन्जिन कन्ट्रोल युनिट (ईसीयू) हुन्छ । यसमा भएको सेन्सरले टेम्परेचर, एट्मस्फेरिक प्रेसर र इन्जिन कन्डिसनको पहिचान गर्छ । यसका आधारमा ईसीयूले आवश्यक मात्रामा इन्जिनमा इन्धन पठाउछ । यसकारण आवश्यकता अनुसार इन्जिन पर्फमेन्स हुन्छ । यामाहाका बाइकको विशेषता नै यही हो । यसमा भएको १४९ सीसी इन्जिनले १३.१ पीएस पावर र १२.८ एनएम टर्क जेनेरेट गर्छ ।
यो बाइकमा भएको स्टाइलिस र त्यसैगरी स्प्लिट टाइपको आल्मुनियम ह्यान्डल ग्रयाब बारले रिल्याक्स पोजिसनमा बस्न सघाउछ । क्लियर भिजन प्रदान गर्नका लागि मल्टी रिफ्लेक्टर हेडलाइट छ भने नयाँ डिजाइन गरिएको मफलरले सुरक्षा प्रदान गर्नुका साथै सडकमा नयाँ पहिचान कायम गर्न समेत सहयोग गर्छ ।
यो बाइकमा ७ पटक एड्जस्ट गर्न सकिने मोनोक्रस सस्पेन्सन चाहिं वर्ल्ड मोटोक्रस च्याम्पियनसिप स्ट्यान्डर्डको छ । यसले राइडरलाई नयाँ प्रकारको राइडिङ अनुभव प्रदान गर्छ ।
पङचरबाट बचाउने खालको रेडियल टायर यो बाइकमा प्रयोग गरिएको छ । यसको रिममा भएको रेसी स्ट्रिप्सले टायरलाई स्पोर्टी र कुल लुक प्रदान गर्छ ।
यो बाइकको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ भने सिटको उचाई ७९० एमएम छ । सो बाइकको फ्युल ट्यांक क्षमता १२ लिटरको रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...