प्योर ईभीको नयाँ इलेक्ट्रिक बाइक ईट्रिस्ट नेपालमा : मूल्य ३ लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा पछिल्लो समयमा नयाँ ब्रान्डका इलेक्ट्रिक बाइक समेत लगातार रुपमा भित्रिरहेका छन् । ती मध्ये पछिल्लो समयमा भित्रिएको भारतीय कम्पनी प्योर ईभीको इलेक्ट्रिक बाइक ईट्रिस्ट पनि एक हो ।

हाल देशभर रहेका १५ डिलरमार्फत सो बाइक बुकिङ गर्न सकिने नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले जनाएको छ । त्यसैगरी पहिलो चरणमा १०० युनिट बाइक मात्र उपलब्ध हुने र पहिले बुकिङ गर्नेलाई बाइक उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

काठमाडौं उपत्यकाको नक्साल, टेकु, महारागजन्ज र गावहाल तथा उपत्यका वाहिर नारायणघाट, टाँडी, कावासोती, बर्दिबास, गौशाला, जनकपुर, पोखरा, बुटवल, दमक, विर्तामोड, इटहरी, सुर्खेत र दाङमा सो बाइक बुकिङ गर्न सकिन्छ ।

प्योर इभीले यसमा ३.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री प्याक र ३.० विएलडिसी मोटर हव जडान गरेको छ । जसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर रहने जनाइएको छ । ८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिने यो मोटरसाइकलले १४० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

यो मोटरसाइकललाई ड्राइभ, क्रसओभर र थ्रील गरी ३ फरक मोडमा चलाउन सकिन्छ । १६ डिग्रीसम्मको उकालो चढ्न सक्ने यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ ।

सम्बन्धित समाचारहरू

दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जिते कार

दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जिते कार

काठमाडौं – सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह...

राष्ट्रिय राजमार्गलाई समेट्ने गरी थप ४२४ वटा चार्जिङ स्टेशन निर्माण हुने

राष्ट्रिय राजमार्गलाई समेट्ने गरी थप ४२४ वटा चार्जिङ स्टेशन निर्माण हुने

काठमाडौं–सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र महत्वलाई ध्यानमा...

सिंगल चार्जमा १ हजार किमी रेन्ज दिने नर्वेजियन इलेक्ट्रिक कारको चर्चा

सिंगल चार्जमा १ हजार किमी रेन्ज दिने नर्वेजियन इलेक्ट्रिक कारको चर्चा

नर्वेको इलेक्ट्रिक भेइकल स्टार्टअप फ्रेस्कोले ८ सिटको अल–ह्विल ड्राइभ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...