सिंगल चार्जमा १ हजार किमी रेन्ज दिने नर्वेजियन इलेक्ट्रिक कारको चर्चा

नर्वेको इलेक्ट्रिक भेइकल स्टार्टअप फ्रेस्कोले ८ सिटको अल–ह्विल ड्राइभ इलेक्ट्रिक कार सार्वजनिक गरेको छ, जसले एक पटक चार्जमा १ हजार किलोमिटरको रेन्ज पार गर्न सक्ने दाबी गरिएको छ । रेभेरी कन्सेप्ट इलेक्ट्रिक कार सार्वजनिक गर्ने फ्रेस्को मोटर्सले केही दिन अघि आफ्नो पहिलो इलेक्ट्रिक गाडी प्रदर्शन गरेको थियो । सो कार नर्वेजियन ईभी स्टार्टअपका संस्थापक, सीईओ र अध्यक्ष एस्पेन क्वाल्विकले डिजाइन गरेका थिए ।

फ्रेस्को एक्सएल इलेक्ट्रिक कार मल्टी परपोज जस्ता सुविधा भएको मिनी भ्यान हो । यो कारमा प्रशस्त ठाउँ उपलब्ध भएकाले यसलाई एक्स्ट्रा लार्ज नाम दिइएको छ । कम्पनीले यो कारमा ८ जना सिट क्षमता रहेको र कारमा सुत्न मन लागेमा यसका सिटलाई फोल्ड गरेर ४ जनाको सुत्ने ठाउँ बनाउन सकिने बताएको छ ।

सो कार ३०० किलोमिटर प्रतिघन्टाको गतिमा दौड्न सक्ने र ० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिमा पुग्न २ सेकेन्ड मात्रै लाग्ने दाबी गरिएको छ ।

फ्रेस्कोले सो इलेक्ट्रिक कारको बारेमा धेरै विवरण खुलासा गरेको छैन । कम्पनीले सो कारको भिडियो सोशल मिडियामा सेयर गरेको थियो । यद्यपि कम्पनीले सो इलेक्ट्रिक कार १ लाख युरोमा प्रि–अर्डर लिन थालेको छ ।

अमेरिकी भविष्यवादी ज्याक फ्रेस्कोको नाममा फ्रेस्को मोटर्स सन् २०१७ मा सुरु गरिएको थियो ।

सम्बन्धित समाचारहरू

ओमोडाको नयाँ शोरुम बसुन्धरामा, घिसिङले भने – विद्युतीय गाडी हरेक क्षेत्रका लागि फाइदाजनक छ

ओमोडाको नयाँ शोरुम बसुन्धरामा, घिसिङले भने – विद्युतीय गाडी हरेक क्षेत्रका लागि फाइदाजनक छ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

लुयान एस–७० प्रोमा २ दिनका लागी ३० हजार नगद छुटको योजना

लुयान एस–७० प्रोमा २ दिनका लागी ३० हजार नगद छुटको योजना

काठमाडौं– लुयानले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक स्कुटर एस–७० प्रोमा...

नाइमा मोबिलिटी एक्सपोमा ‘क्यारी’ ब्रान्डका ईभी भ्यान सार्बजनिक गर्दै  लक्ष्मी ग्रुप

नाइमा मोबिलिटी एक्सपोमा ‘क्यारी’ ब्रान्डका ईभी भ्यान सार्बजनिक गर्दै लक्ष्मी ग्रुप

काठमाडौँ – लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...