चीनमा ईभीको औषत आयु १.८ वर्षमात्र, मोबाइल फोन भन्दा पनि छिटो किन फेरिन्छन् ईभी ?
काठमाडौं– हालै सार्वजनिक भएको एक नयाँ प्रतिवेदनले चिनियाँ उपभोक्ताहरूले...
काठमाडौं - सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिगमा कार जितेका छन्।
आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको छ, तर प्लेयर अफ दी टुर्नामेन्ट भएका ऐरीले ओमोडा ई५ कार जितेका हुन् ।
टी२० क्रिकेटमा विश्वका नम्बर २ अलराउन्डर उनले प्रतियोगितामा ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिए। आज फाइनलमा पनि विकेट लिन सफल रहे ।
एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमोडा ई५ कार प्रदान गर्ने घोषणा ओमोडाको नेपालका लागि आधिकारिक वितरक शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले पहिले नै घोषणा गरेको थियो । सो कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ छ ।

मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेईको’ ‘ड्रिभन बाई’ सह–प्रायोजकको रूपमा साझेदार रहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...