अपग्रेड हुँदै हिरो एक्सपल्स २००टी : यस्तो हुनेछ अपकमिङ मोडल

हिरो एक्सपल्स २०० टी अब केही कस्मेटिक तथा मेकानिकल परिवर्तनका साथ आउने छ । २०२२ को सो मोडल स्टुडियो सटको रुपमा अनलाइनमा लिक भएको छ ।

पहिले भन्दा यसको हेडल्याम्प माथि सानो फ्लाई स्क्रिन हुनेछ । त्यसैगरी फोर्क गेटर्स, पहिले भन्दा फरक र सामान्य ग्र्याब रेल तथा नयाँ बेली प्यानका साथ सो मोटरसाइकल उपलब्ध हुनेछ ।

यो भन्दा वाहेक हिरोको यो मोडल पहिले भन्दा फंकी डिजाइनमा उपलब्ध हुनेछ भने नयाँ ड्युअल टोन कलर स्किम समेत उपलब्ध हुन सक्ने छ । त्यसैगरी यो फोर भल्व अप्सनमा समेत उपलब्ध हुने अनुमान गरिएको छ । यद्यपि कम्पनीले औपचारिक रुपमा यस वारेमा केही कुरा सार्वजनिक गरेको छैन ।

हिरोले २०० सीसी प्लेटफर्ममा चार विभिन्न मोडल उपलब्ध गराइरहेको छ । ती मध्ये नेकेड र फुल फेयर्डमा एक्सट्रिम ब्रान्ड नेम उपलब्ध गराइरहेको छ भने एड्भेन्चर र टुरर मोडलका लागि एक्सपल्स ब्रान्ड नेम छ ।

एक्सपल्स २०० चाहिं एड्भेन्चर मोडल हो । एक्सपल्स २०० टी टुरर मोडल हो । एक्सपल्स २०० जति एक्सपल्स २०० टी लोकप्रिय बन्न नसकिरहेको अवस्थामा कम्पनीले नयाँ भर्सन बजारमा ल्याउने तयारी गरिरहेको अनुमान गर्न सकिन्छ ।

आगामी फेस्टिभ सिजन सम्ममा यो मोटरसाइकल भारतीय बजारमा उपलब्ध हुन सक्छ । त्यसपछि नेपाली बजारमा पनि आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

शुरु भयो हिरो जुम ११० स्कुटरको डेलिभरी

शुरु भयो हिरो जुम ११० स्कुटरको डेलिभरी

हिरो मोटोकर्पले ३० जनवरीमा जुम ११० स्कुटर लन्च गरेको थियो । हाल यो स्कुटरको...

पुरानो बाइकसँग नयाँ बाइक साट्नु छ ? जाऔं हिरो सर्भिस तथा एक्सचेन्ज महामेला

पुरानो बाइकसँग नयाँ बाइक साट्नु छ ? जाऔं हिरो सर्भिस तथा एक्सचेन्ज महामेला

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी...

२०२२ हिरो एक्सपल्स २००टी फोरभीको टिजर सार्वजनिक, यस्तो हुन सक्छ बाइक

२०२२ हिरो एक्सपल्स २००टी फोरभीको टिजर सार्वजनिक, यस्तो हुन सक्छ बाइक

हिरो मोटोकर्पले केही समय पछि लन्च गर्ने तयारी गरिरहेको २०२२ हिरो एक्सपल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...