ट्रयाक्सन कन्ट्रोल र एबीएस मोडसहित लन्च हुँदै बजाज डोमिनार २५०
बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल डोमिनार २५० को २०२५ संस्करण चाँडै लन्च...
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर सिरिजका मोटरसाइकलमा नयाँ स्किम ल्याएको छ । उक्त स्किम अन्तर्गत ग्राहकले पल्सरको ४ भिन्न मोडललाई कम डाउनपेमेन्ट अर्थात किस्ता मध्ये एक छानेर खरिद गर्न सक्नेछन् ।
यो नयाँ स्किम अनुसार कम डाउनपमेन्टमा खरिद गर्दा ग्राहकले शुरुवातमा २५ प्रतिशत रकम भुक्तानी गर्नुपर्नेछ । वाँकी हुन आउने ७५ प्रतिशत रकमलाई २४ महिनाको किस्तावन्दिमा भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गर्दा १२ प्रतिशत व्याज लाग्नेछ ।
यसैगरी कम किस्ताको सुविधामा खरिद गर्दा शुरुवातमा ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्नेछ भने वाँकी हुन आउने ५० प्रतिशत रकमलाई १८ महिनाभित्र भुक्तानी गरिसक्नुपर्ने जनाइएको छ । यसमा भने ग्राहकले ६ प्रतिशत मात्र व्याज तिरे पुग्नेछ ।
यो स्किम कम्पनीले पल्सर १२५, पल्सर १५० एसडी, २०० एनएस एबिएस एफआई र २२० एफ एविएसमा लागु हुने बताएको छ । जसअन्तर्गत पल्सर १२५ खरिद गर्न चाहने ग्राहकले ६१ हजार ७२५ रुपैयाँको डाउनपेमेन्ट अर्थात ७ हजार १८९ रुपैयाँको मासिक किस्तामध्ये एक छान्न पाउनेछन् । यो वाइकको मूल्य २ लाख ४७ हजार रुपैयाँ तोकिएको छ ।
पल्सर १५० एसडिमा ७० हजार ७२५ रुपैयाँको डाउनपेमेन्ट अर्थात ८ हजार २३७ रुपैयाँको मासिक किस्तामध्ये एक र २०० एनएस एफआई एविएसमा ९८ हजार ९७५ रुपैयाँ डाउनपेमेन्ट अर्थात ११ हजार ५२७ रुपैयाँको मासिक किस्तामध्ये एक छान्न पाउनेछन् । यी वाइकको मूल्य क्रमश २ लाख ८३ हजार र ३ लाख ९६ हजार रुपैयाँ पर्छ ।
पल्सर सिरिज अन्तर्गतकै अर्को लोकप्रिय मोडल २२० एफ एबिएसमा ९८ हजार ७२५ रुपैयाँ डाउनपेमेन्ट अर्थात ११ हजार ४९८ रुपैयाँ मासिकि किस्ता मध्ये एक छानेर लिन सकिनेछ । यो मोटरसाइकलको मूल्य ३ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल डोमिनार २५० को २०२५ संस्करण चाँडै लन्च...
प्रख्यात टु–ह्विलर निर्माता कम्पनी केटिएममा बजाज अटोले थप लगानी गर्नेे...
काठमाडौं – पटक पटक बढिरहेको बजाज मोटरसाइकलको मूल्य फेरि बढेको छ । नेपालका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...