बजाज र टीभीएस बाहेक अन्य ब्रान्डसँग १५० सीसी माथिको मोटरसाइकल नहुने, यी बाइकलाई असर नपर्ने

सरकारले १५० सीसी माथिका मोटरसाइकल आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । जसका कारण भदौ १५ सम्मका लागि यो सेग्मेन्टका मोटरसाइकल नेपाल भित्रिने बाटो वन्द भएको छ । सो समयपछि प्रतिबन्ध हटे सबै ब्रान्डले आयात सुचारु गर्न सक्नेछन् ।

तर अहिलेको अवस्थालाई हेर्दा भदौ १५ पछि पनि प्रतिबन्ध हट्ने छाँटकाँट भने देखिँदैन । वैशाख १३ देखि असार मसान्तसम्मका लागि भनेर लागू गरिएको पहिलो चरणको प्रतिबन्ध उक्त समयसीमा पछि खुल्ने स्वयं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु र व्यवसायीले बताउँदै आएका थिए । तर अन्तिम समयमा आएर मध्यरातमा राजपत्रमा सूचना प्रकाशन गर्दै यसअघिको प्रतिबन्धलाई झनै कडाई गरी भदौ १५ सम्मका लागि यसलाई लम्ब्याइयो ।

नेपाल राष्ट्र बैंकले केहीदिन पहिले जारी गरेको मौद्रिक नीतिमा ७ महिनासम्मको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति नरहुन्जेलसम्म आयातमाथिको प्रतिबन्ध नहट्ने स्पष्ट उल्लेख गरिएको छ । अहिलेकै अवस्थामा भदौ १५ सम्म उक्त रकम सञ्चिति नहुने समेत देखिएका कारण पनि प्रतिबन्ध लम्विने देखिएको हो ।

यदि भदौ १५ पछि पनि प्रतिबन्ध लम्विने हो भने नेपाली बजारमा बजाज र टीभीएस बाहेक अन्य ब्रान्डसँग १५० सीसी माथिका मोटरसाइकल उपलब्ध नहुने देखिन्छ । यी दुई ब्रान्डले कारोबार गर्ने अधिकांश मोडलका मोटरसाइकल यही एसेम्वल गरी बिक्री गर्ने र यसरी एसेम्वल गर्दा चाहिने सामानको आयातमा कुनै रोकावट नभएका कारण यस्तो देखिएको हो ।

बजाजले ११ मोडलमा १७ भेरिएन्टका मोटरसाइकल नेपालमै एसेम्बल गर्दै आइरहेको छ । उसले बिक्री गर्ने कुल १८ भेरिएन्ट मध्ये एभेन्जर २२० क्रुज बाहेक सवै मोटरसाइकल नेपालमै एसेम्वल गरिरहेको हो । जसमा १ सय सीसी क्षमताको प्लाटिनादेखि ४०० सीसीको डोमिनारसम्म सामेल छन् । यी बाइक एसेम्वल गर्न आवश्यक पर्ने स्पेयर पार्ट्स तथा किटको आयातमा प्रतिबन्ध नलागेका कारण एसेम्बलमा समस्या रहने देखिँदैन ।

यसैगरी टीभीएसले पनि केही भेरिएन्ट बाहेक प्रायः सवैजसो बाइक यहीको प्लान्टमा एसेम्बल गर्दै आइरहेको छ । १५० सीसी माथि सेग्मेन्टमा टीभीएससँग अपाचे आरटीआर १६०, १८० र २२० तथा आरआर ३१० मोडल उपलब्ध रहँदै आएको छ । जसमध्ये आरआर ३१० वाहेक अन्य बाइक नेपालमै एसेम्बल गरिन्छ ।

यो सेग्मेन्टमा अन्य ब्रान्डका ३ दर्जन हाराहारी मोडलका मोटरसाइकलको आयात भने प्रभावित बनिरहेको छ । जसका कारण प्रतिबन्ध अझै लम्विए यी बाइकको नेपाली बजार प्रभावित बन्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

बर्दियाको गुलरियामा खुल्यो बजाजको नयाँ शोरुम

बर्दियाको गुलरियामा खुल्यो बजाजको नयाँ शोरुम

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द...

अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

काठमाडौं – सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि चार नयाँ...

‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सम्पन्न

‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सम्पन्न

काठमाडौं–टोखास्थित स्केटर्स नेपालमा आयोजना भएको ‘पल्सर आरपीएम टेकओभर’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...