नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक

क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट हाइट, लामो ह्विलबेस र हाइएस्ट ह्यान्डलबार भएका कारणले गर्दा क्रुजर बाइकको लोकप्रियता बढेको हो ।

रोयल इन्फिल्ड क्लासिक ३५०
क्लासिक ३५० ब्ल्याकको मूल्य ६ लाख ४० हजार रुपैयाँ र ब्याटल ग्रिन, गन ग्रे, रेडिच रेड र एसको मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यो बाइकको डिजाइन युवाहरुले निकै रुचाएका छन् । सो बाइकमा घडी, ट्रिप मिटर, स्पिडोमिटर, फ्युल गेजलगायतका फिचर उपलब्ध छ ।

होन्डा सीबी३५०आरएस
यो बाइकको प्रारम्भिक मूल्य ८ लाख ९८ हजार ९ सय रुपैयाँ छ । कम तौल र ठूलो ट्याङ्की भएको २ पाङ्ग्रे ब्रान्डको होन्डा सीबी३५०आरएस आकर्षक विकल्प हो । यसमा १५ लिटरको इन्धन क्षमता छ ।

बजाज एभेन्जर क्रुज २२०
यो क्रुजर लुकमा आउने सबैभन्दा कम मूल्यको बाइक हो । यसको मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ छ । सो बाइकले उच्च माइलेज दिन्छ । सो बाइकको टप मोडलको इन्धन क्षमता, इन्जिनको गुणस्तर र परफर्मेन्स उत्कृष्ट रहेको छ ।

जावा पेराक
यो बाइकको मूल्य ८ लाख २० हजार रुपैयाँ छ । सो बाइकमा ३३४ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ३०.४ बीएचपी पावर र ३२.७४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ गियर रहेको छ ।

सम्बन्धित समाचारहरू

एउटै मूल्य ७ लाख ५० हजारमा नेपाल भित्रिएका दुई बाइक : एक बबर स्टाइल, अर्को रेट्रो स्टाइल

एउटै मूल्य ७ लाख ५० हजारमा नेपाल भित्रिएका दुई बाइक : एक बबर स्टाइल, अर्को रेट्रो स्टाइल

नेपाली बजारमा पछिल्लो समयमा भित्रिएका दुई बाइक हाल चर्चामा छन् । २०७८ साल...

पल्सर एन सिरिज र डोमिनारको मूल्य वढ्यो, यस्तो छ नयाँ मूल्य

पल्सर एन सिरिज र डोमिनारको मूल्य वढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज...

नेपाली बजारमा होन्डा सीआरएफ ३००एल र ३००एल -याली : मूल्य १७.५० लाख र १९.५० लाख

नेपाली बजारमा होन्डा सीआरएफ ३००एल र ३००एल -याली : मूल्य १७.५० लाख र १९.५० लाख

काठमाडौं – नेपाली बजारमा होन्डाले सीआरएफ ३००एल र ३००एल -याली मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...