हिरो मोटोकर्पले ल्यायो डेस्टिनी १२५ एक्सटेक स्कुटर
हिरो मोटोकर्पले डेस्टिनी १२५ को नयाँ अवतार डेस्टिनी एक्सटेक १२५ सार्वजनिक...
केही दिन पहिले भारतमा सार्वजनिक गरिएको हिरो एक्सपल्स २०० फोरभीको -याली एडिसन सोल्ड आउट भएको छ । सामान्य भन्दा १६ हजार भारु मूल्य राखेर बुकिङ खुला गरिएको सो बाइक वेबसाइटबाटै सोल्ड आउट भएको हो ।
गत जुलाई २२ देखि बिक्री शुरु गरिएको र यसको टाइमलाइन जुलाई २९ मध्यान्ह सम्म राखिएको थियो । त्यो भन्दा पहिले नै सबै युनिट बिक्री भएको हो । यद्यपि कति युनिट बुकिङका लागि राखिएको थियो भन्ने वारेमा भने कम्पनीले केही जानकारी दिएको छैन ।
नयाँ हिरो एक्सपल्स २०० फोरभीमा केही परिवर्तन गरिएको छ । यसमा नयाँ विशेष -याली कोड पेन्ट स्किम समावेश छ, जसलाई सिलिन्डर हेडमा रातो फिनिसिङ दिइएको छ । सो बाइकलाई हिरोको फ्याक्ट्री डकार रेसर सीएस सन्तोषको अटोग्राफले फरक पहिचान दिएको छ । यद्यपि यो भर्सनमा अफ–रोड फोकस गरिएको ब्ल्याक प्याटर्न म्यक्सिस टायर उपलब्ध छैन । यसमा सिएट टायर समावेश गरिएको छ ।
नयाँ हिरो एक्सपल्स २०० बाइकको फ्रन्टमा अग्लो र ठूलो ३७ एमएमको एडजस्टेबल फोक्स सस्पेन्सन र पछाडि मोनो–शक युनिट समावेश गरिएको छ । साथै कम्पनीले सो बाइकको ग्राउण्ड क्लियरेन्समा पनि सुधार गरेको छ । यसको ग्राउण्ड क्लियरेन्स २७० एमएम र सिटको उचाई ८ सय ८५ एमएम छ । ह्यान्डलबार ४० एमएमभन्दा लामो छ ।
कम्पनीले सो नयाँ भर्सनको इन्जिनमा कुनै परिवर्तन गरेको छैन । नयाँ हिरो एक्सपल्स २०० मा १९९ सीसीको सिंगल सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ, जसले १९ बीएचपीको पावर र १७.३५ एनएमको टर्क जेनेरेट गर्छ ।
हिरो मोटोकर्पले डेस्टिनी १२५ को नयाँ अवतार डेस्टिनी एक्सटेक १२५ सार्वजनिक...
विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे ब्रान्ड हिरोले नयाँ मिड साइज...
काठमाडौं – नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जेनरल मार्केटिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...