बन्द भयो हिरो म्याभ्रिक ४४०
भारतीय मोटरसाइकल बजारमा प्रिमियम सेग्मेन्टमा धेरै उत्कृष्ट बाइकहरू...
हिरो मोटोकर्पले एक्सट्रिम १६०आर बाइक अपडेट सहित १ लाख १७ हजार १ सय ४८ भारु मूल्यमा लन्च गरिएको छ । नयाँ एक्सट्रिम १६०आरको ड्यासबोर्डमा नयाँ गियर पोजिसन इन्डिकेटर दिइएको छ, साथै बाइकमा नयाँ डिजाइनको सिट र ग्रेब रेल पनि दिइएको छ । बाइकमा सिंगल पोड हेडलाइट, मस्कुलर डिजाइन, साइड स्लङ्ग एक्जस्ट र कालो अलोय ह्विल पनि दिइएको छ ।
सो बाइक सिंगल डिस्क, ड्युअल डिस्क र स्टेल्थ एडिसन गरी ३ भेरिएन्टमा उपलब्ध छ । बाइकमा १६३ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ८५०० आरपीएममा १५ बीएचपी र ६५०० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ ।
बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ । सो बाइकमा १००÷८० र १३०÷७० सेक्शन फ्रन्ट र रियर टायर १७ इन्च रहेको छ । संगल डिस्क भेरिएन्टको कर्ब वेट १३८.५ केजी छ, जबकि ड्युअल डिस्क मोडलको वजन १३९.५ केजी छ । यसमा १२ लिटर क्षमताको इन्धन ट्याङ्की छ । सो बाइक ५ रङमा उपलब्ध छ ।
सिंगल डिस्क भर्सनको रियरमा ड्रम ब्रेक सेटअप प्रयोग गरिएको छ । ड्युअल डिस्क ब्रेक भेरिएन्ट र स्टेल्थ एडिसनको दुवै पाङ्ग्रामा डिस्क ब्रेक प्रयोग गरिएको छ । सेफ्टीको लागि बाइकमा सिंगल च्यानल एबीएस दिइएको छ, साथै बाइकको फ्रन्ट टेलिस्कोपिक फोर्क र रियर प्रिलोड–एड्जटेबल रियल मोनो–शक सस्पेन्सन युनिट छ ।
हिरो एक्सट्रिम १६०आर ड्युअल डिस्कको मूल्य १ लाख २० हजार ४ सय ९८ र १६० आर स्टेल्थको मूल्य १ लाख २२ हजार ३ सय ३८ भारु राखिएको छ । भारतमा सो बाइक बजाज पल्सर एन१६० र टीभीएस अपाचे १६० ४भीसँग प्रतिस्पर्धा हुन्छ ।
भारतीय मोटरसाइकल बजारमा प्रिमियम सेग्मेन्टमा धेरै उत्कृष्ट बाइकहरू...
काठमाडौं– नेपाल जेनरल मार्केटिङले हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी...
विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे ब्रान्ड हिरोले नयाँ मिड साइज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...