सिएटले ल्यायो इलेक्ट्रिक कारका लागी विशेष प्रकारको टायर, आवाज कम गर्न सहयोगी

भारतिय टायर उत्पादक कम्पनी सिएटले इलेक्ट्रिक कारका लागी विशेष प्रकारको टायर लन्च गरेको छ । यो टायरले कार उच्च गतिमा गुड्दा निस्किने आवजलाई स्वत नियन्त्रण गर्न सक्ने दावी गरिएको छ । भारतीय बजारमा यसप्रकारको टायर पहिलोपटक उत्पादन गरिएको कम्पनीले बताएको छ ।

इलेक्ट्रिक कारलाई ड्राइभ गर्दा कारभित्रबाट आउने आवज प्राय शून्य अवस्थामा रहने भएपनि उच्च टर्क क्षमताका कारण गाडी गुड्दा टायरको घर्षणमार्फत निस्कने आवजले भने चालक र यात्रुलार्ई डिस्टर्व गर्न सक्छ । यस्तो समस्याबाट छुटकारा दिन यो टायर उपयोगी हुने विश्वास लिइएको छ ।

इनर्जी ड्राइभ इभी नामले आएको यो टायरमा साउन्ड एब्जर्व गर्न विशेष प्रकारको सामाग्री प्रयोग गरिएको छ । जसले गर्दा टायरबाट निस्कने आवाजलाई फिल्टर र एव्जर्व गरी कम गर्न मद्धत गर्दछ । यो टायर प्रयोग गर्दा कारले प्रदान गर्ने रेन्ज समेत बृद्धि हुने दावी छ । साथै यो वलियो र मजवुत समेत रहेको हुँदा लामो समयसम्म टिक्छ ।

सिएट नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको टायर ब्रान्ड हो । नेपालमा यसको टु ह्विलरदेखी फोर ह्विलर, कमार्सियल भेइकल र हेभी इक्विपमेन्टसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न साइजका टायर उपलब्ध छन् । नेपालमा यसलाई एसटिसी अटो र सिम्रन ट्रेडिङ प्रालिले आयत गरी कारोबार गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

टायरमा साधारण हावा वा नाइट्रोजन ग्यासमा कुन राम्रो ?

टायरमा साधारण हावा वा नाइट्रोजन ग्यासमा कुन राम्रो ?

गर्मी मौसम सुरु भइसकेको छ । चर्को घाम र तातो हावाले सडक पनि तातो हुन्छ । तातो...

एपोलो टायरको विजनेस पार्टनर सम्मेलन सम्पन्न, नयाँ रेन्जका टायर सार्बजनिक

एपोलो टायरको विजनेस पार्टनर सम्मेलन सम्पन्न, नयाँ रेन्जका टायर सार्बजनिक

काठमाडौं– भारतको प्रख्यात टायर ब्रान्ड एपोलोले काठमाडौंमा ‘विजनेस...

प्यासेन्जर कारमा ५ र कमर्सियल भेइकलमा ४ स्टार रेटिङ पाउने भारतको पहिलो टायर वन्यो मिसेलिन

प्यासेन्जर कारमा ५ र कमर्सियल भेइकलमा ४ स्टार रेटिङ पाउने भारतको पहिलो टायर वन्यो मिसेलिन

विश्वप्रख्यात टायर व्रान्ड मिसेलिन प्यासेन्जर कार सेग्मेन्टमा ५ र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...