सबैभन्दा ठूलो इन्फोटेनमेन्ट सिस्टम र उत्कृष्ट फिचर सहित आउदै एमजीको नेक्स्ट जेन हेक्टर

एमजी मोटरले नेक्स्ट जेनेरेसन हेक्टरको पहिलो टिजर सार्वजनिक गरेको छ । नेक्स्ट–जेन हेक्टरको इन्टेरियर सिम्फनी अफ लक्जरीको अवधारणामा बनाइएको छ । सो कारमा भारतको सबैभन्दा ठूलो १४ इन्चको एचडी पोट्रेट इन्फोटेनमेन्ट सिस्टम हुनेछ ।

सन् २०१९ मा एमजी हेक्टर पहिलो पटक भारतमा प्रवेश गरेको थियो । हालसम्म कम्पनीले भारतमा एमजी हेक्टरको १ लाखभन्दा बढी युनिट बिक्री गरिसकेको छ । एमजीसँग हाल जेडएस ईभी, प्रिमियम एसयूभी ग्लोस्टर र कम्प्याक्ट एसयूभी एमजी एस्टर जस्ता एसयूभी उपलब्ध छ ।

एमजी मोटर इन्डियाले कनेक्टेड, अटोनोमस, शेयर्ड र इलेक्ट्रिक मोविलिटीबाट प्रेरित भएर अटोमोबाइल सेग्मेन्टमा मोबिलिटी अनुभव बढाइरहेको जानकारी दिएको छ । साथै लगातार इनोभेसन, उत्कृष्ट ग्राहक सेवा अनुभव, स्थिरता र कम्युनिटी प्रति समर्पणमा केन्द्रित भएको पनि बताइएको छ ।

एमजी हेक्टरको मिड साइज एसयूभी १२ देखि २५ लाख भारु मूल्यमा उपलब्ध छ र यो सेग्मेन्टमा अन्य कम्पनीलाई कडा प्रतिस्पर्धा दिइरहेको छ । हाल सो सेग्मेन्टमा महिन्द्राको एक्सयूभी ५००, टाटा हेरियर, जीप कम्पास, हुन्डाई क्रेटा जस्ता मोडलहरू बजारमा उपलब्ध छ ।

नेपाली बजारमा पनि एमजी हेक्टर उपलब्ध छ । यसको मूल्य ५९ लाख ९९ हजार देखि ८१ लाख ४९ हजार रुपैयाँ सम्म छ ।

सम्बन्धित समाचारहरू

एमजी विन्डसर बन्याे सबैभन्दा छिटो बिक्री हुने ईभी, केवल ४०० दिनमै ५० हजार युनिट बिक्री

एमजी विन्डसर बन्याे सबैभन्दा छिटो बिक्री हुने ईभी, केवल ४०० दिनमै ५० हजार युनिट बिक्री

एमजी मोटर इन्डियाले विन्डसर ईभीको ५० हजार युनिट बिक्री गरेको घोषणा गरेको...

एमजीले अर्को वर्ष इलेक्ट्रिक ह्याचब्याक ल्याउने

एमजीले अर्को वर्ष इलेक्ट्रिक ह्याचब्याक ल्याउने

वुलिङ एयर इलेक्ट्रिक कार आधिकारिक रूपमा इन्डोनेसियाली बजारमा यो महिना...

नयाँ स्पोर्टी लुक सहित एमजी वान एसयूभी सार्वजनिक, हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने

नयाँ स्पोर्टी लुक सहित एमजी वान एसयूभी सार्वजनिक, हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने

लामो समयदेखि टिजर तस्बिर जारी गरे पश्चात अन्तमा एमजी मोटरको लेटेस्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...