एफआई इन्जिनमा आयो सुपर स्प्लेन्डरको ‘व्ल्याक एडिसन’, माइलेज ६८ किलोमिटर

हिरो मोटोकर्पले सुपर स्प्लेन्डरको ‘क्यानभास व्ल्याक एडिसन’ लन्च गरेको छ । १२५ सिसीको एफआई इन्जिन जडान गरिएको यो मोटरसाइकलले रेगुलर मोडलको तुलनामा १३ प्रतिशत बढी माइलेज प्रदान गर्ने दावी गरिएको छ । यसले १ लिटर पेट्रोलको खपतमा ६८ किलोमिटरसम्म माइलेज दिने दावी गरिएको हो ।

यो नयाँ मोटरसाइकललाई २ ट्रिममा उपलब्ध गराइएको छ । जसमध्ये ड्रम व्रेकको मूल्य ७७ हजार ४३० र डिस्कको८१ हजार ३३० रुपैयाँ निर्धारण गरिएको छ । वाइकको अधिकांश भागमा कालो रङ पेन्ट गरिएको छ भने लुक्समा निखार ल्याउन केही भागमा क्रोम ट्रिटमेन्ट समेत दिइएको छ ।

हिरो मोटोकर्पले यसमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र यूएसवी चार्जर समेत थप गरेको छ । यो वाइकमा जडान गरिएको १२५ सिसी क्षमताको एयरकुल्ड, फोर स्ट्रोक, सिंगल सिलिन्डर एफआई इन्जिनले १०.७ विएचपी पावर र १०.६ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । वाइकमा वेट मल्टि प्लेट क्लच र पूर्णत नयाँ ५ स्पिड गियर वक्स जडान गरिएको छ । जसले हाइवे र सिटी दुवै राइडमा सहजता दिने विश्वास लिइएको छ ।

सुपर स्प्लेन्डर नेपाल र भारत दुवै बजारमा सर्बाधिक विक्री हुने मोडलमा पर्छ । यो वाइक नेपालको तराई भेगमा सर्बाधिक संख्यामा गुड्ने गरेको छ । विशेषत प्रौढ उमेर समुहका ग्राहकले यसलाई बढी मात्रामा रुचाउने गरेका छन् । इन्धन किफयाती र न्यून संचालन खर्च जस्ता विशेषताका कारण पनि यो वाइक लोकप्रिय वन्न सफल भएको हो ।

सम्बन्धित समाचारहरू

विनोद चौधरीको जन्म दिनको अवसरमा एसेम्बली प्लान्ट घोषणा

विनोद चौधरीको जन्म दिनको अवसरमा एसेम्बली प्लान्ट घोषणा

काठमाडौं – हिरोको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सको एसेम्बल...

लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड

लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड

हिरो मोटोकर्पले भारतीय बजारमा पावरफुल एक्सपल्स २०० ४भी लन्च गरेको छ । यसको...

महंगो वन्दै हिरो मोटरसाइकल र स्कुटर, एक वर्षमा पाँचौ पटक मूल्य बृद्धि गर्दै कम्पनी

महंगो वन्दै हिरो मोटरसाइकल र स्कुटर, एक वर्षमा पाँचौ पटक मूल्य बृद्धि गर्दै कम्पनी

हिरो मोटोकर्पले मोटरसाइकल र स्कुटरको मूल्य बृद्धि गर्ने भएको छ । उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...