एफआई इन्जिनमा आयो सुपर स्प्लेन्डरको ‘व्ल्याक एडिसन’, माइलेज ६८ किलोमिटर

हिरो मोटोकर्पले सुपर स्प्लेन्डरको ‘क्यानभास व्ल्याक एडिसन’ लन्च गरेको छ । १२५ सिसीको एफआई इन्जिन जडान गरिएको यो मोटरसाइकलले रेगुलर मोडलको तुलनामा १३ प्रतिशत बढी माइलेज प्रदान गर्ने दावी गरिएको छ । यसले १ लिटर पेट्रोलको खपतमा ६८ किलोमिटरसम्म माइलेज दिने दावी गरिएको हो ।

यो नयाँ मोटरसाइकललाई २ ट्रिममा उपलब्ध गराइएको छ । जसमध्ये ड्रम व्रेकको मूल्य ७७ हजार ४३० र डिस्कको८१ हजार ३३० रुपैयाँ निर्धारण गरिएको छ । वाइकको अधिकांश भागमा कालो रङ पेन्ट गरिएको छ भने लुक्समा निखार ल्याउन केही भागमा क्रोम ट्रिटमेन्ट समेत दिइएको छ ।

हिरो मोटोकर्पले यसमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र यूएसवी चार्जर समेत थप गरेको छ । यो वाइकमा जडान गरिएको १२५ सिसी क्षमताको एयरकुल्ड, फोर स्ट्रोक, सिंगल सिलिन्डर एफआई इन्जिनले १०.७ विएचपी पावर र १०.६ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । वाइकमा वेट मल्टि प्लेट क्लच र पूर्णत नयाँ ५ स्पिड गियर वक्स जडान गरिएको छ । जसले हाइवे र सिटी दुवै राइडमा सहजता दिने विश्वास लिइएको छ ।

सुपर स्प्लेन्डर नेपाल र भारत दुवै बजारमा सर्बाधिक विक्री हुने मोडलमा पर्छ । यो वाइक नेपालको तराई भेगमा सर्बाधिक संख्यामा गुड्ने गरेको छ । विशेषत प्रौढ उमेर समुहका ग्राहकले यसलाई बढी मात्रामा रुचाउने गरेका छन् । इन्धन किफयाती र न्यून संचालन खर्च जस्ता विशेषताका कारण पनि यो वाइक लोकप्रिय वन्न सफल भएको हो ।

सम्बन्धित समाचारहरू

हिरो सुपर स्प्लेन्डर १२५ नाडा अटो शोमा

हिरो सुपर स्प्लेन्डर १२५ नाडा अटो शोमा

काठमाडौं – नेपाली बजारमा हिरोको सुपर स्प्लेन्डर १२५ मोटरसाइकलको बिक्री...

यसकारण राइडरको रोजाइमा पर्न सक्छ हिरो एक्सपल्स २०० फोरभी

यसकारण राइडरको रोजाइमा पर्न सक्छ हिरो एक्सपल्स २०० फोरभी

हिरो एक्सपल्स एड्भेन्चर मोटरसाइकल प्रेमीमाझ एकदमै लोकप्रिय मोटरसाइकल हो...

हिरोले लन्च गर्यो प्यासनको एक्सटेक भर्सन

हिरोले लन्च गर्यो प्यासनको एक्सटेक भर्सन

भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पले पछिल्लो समय आफ्ना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...