बुढानीलकण्ठमा यामाहाको नयाँ ‘थ्रिएस’ शोरूम विस्तार
काठमाडौं–यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ...
स्कुटर प्रयोगकर्तालाई यदि तपाईको स्कुटर कस्तो छ भनेर सोध्ने हो भने उनीहरु मध्ये अधिकांशको मुखबाट ‘अरु त सव ठिकठाक छ तर तेल चाहिँ अति खाँदो रैछ ’भन्ने उत्तर सवैभन्दा पहिले आउँछ । तेल बढी खानु अर्थात माइलेज कम पाउनु स्कुटर प्रयोगकर्ताहरुको साझा समस्या जस्तै बनेको छ अहिले ।
एकातर्फ पेट्रोलको मूल्य लिटरकै २ सय रुपैयाँ हाराहारी पुग्नु र अर्कोतर्फ कम्पनीले दावी गरेजति माइलेज नपाउँदा यो साधन प्रयोग गर्ने अधिकांश राइडर निराश वन्न विवस देखिन्छन् । माइलेजलाई लक्षित गरेर कतिपयले त आफ्नो स्कुटरले तेल पानी खाएजस्तै खान्छ समेत भन्ने गरेको सुनिन्छ ।
कम्पनीले दावी गरेजस्तो माइलेज नपाएपछि कतिपय स्कुटर राइडरले सामाजिक संजालमा ब्रान्डको नामै उल्लेख गरेर यसवारे आक्रोस समेत व्यक्त गर्ने गरेको भेटिन्छ । कतिपय यस्ता राइडरले बिक्री गर्ने बेलामा भनिएको माइलेज मेरो स्कुटरले किन दिएन भनेर बिक्रेता कम्पनीमाथी प्रश्न समेत तेर्साउने गरेका छन् ।
उल्लेख गरिएको पृष्ठभूमीलाई आधार मान्दा अधिकांश स्कुटर राइडर माइलेजबाट सन्तुष्ट छैनन भन्ने नै हो । त्यसो भए के सवै स्कुटरमा यो समस्या कायमै छ त ? यसको चित्त वुझ्दो जवाफ पाउन यामाहा रे जेडआर १२५ एफआईले दिने माइलेजवारे जानकारी लिनु उपयोगी हुने देखेर हामीले यो स्कुटरका वारेमा चर्चा गरेका छौ ।
स्कुटरको बजार प्रवद्र्धन गर्न नेपालस्थित आधिकारिक वितरक कम्पनीले यसको माइलेजलाई नै सवैभन्दा महत्वपूर्ण टुल वनाइरहेको छ । अन्य विक्रेताले फिचर्स र लुक्स तथा डिजाइनमा जोड दिने गरेको पाइएकोमा यसको आधिकारि वितरक एमएडब्लु इन्टरप्राइजेजले यसको प्रमोशन क्याम्पियनमा ‘आइएम ५८ किलोमिटर पर लिटर’ उल्लेख गरेर प्रचार गरिरहेको छ ।
यसको अर्थ यो कम्पनी स्कुटरले दिने यो माइलेजको विषयमा पूर्णत विश्वस्त छ भन्ने नै हो । जसलाई पुष्टि गर्न कम्पनीले विभिन्न समयमा माइलेज क्याम्पियन नै आयोजना गरेर यसले प्रदान गर्ने असली माइलेजको टेष्ट गर्दै आइरहेको छ । यसरी गरिएको टेष्टमा यो स्कुटरमा दावी गरिएको ५८ किलोमिटरभन्दा पनि वढी माइलेज दिएको स्वयं हाम्रो टोली समेत सहभागी एक क्याम्पियनले पुष्टि गरेको छ ।
केही समयअघि काठमाडौंको वल्खुदेखी लाकुरी भन्ज्याङसम्म यो कम्पनीले माइलेज च्यालेन्ज कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा राइडर उज्जवला घिमिरेले चलाएको स्कुटरले ६१.४१ किलोमिटर माइलेज दिएको थियो । उनी उक्त च्यालेन्जको विजेता समेत वनेकी थिइन । यसैगरी फस्र्ट रनर अप वनेका समुन महर्जनले चलाएको स्कुटरले ५८.९६ र सेकेन्ड रनरअप सुलि लम्सालले ५७.६० किलोमिटर माइलेज पाए । अन्य राइडरहरुले पनि ५५ किलोमिटर हाराहारी माइलेज पाएका थिए ।
उत्पादक कम्पनीले दावी गरेको माइलेज दिने स्कुटरमा यामाहा रे जेडआर अग्र स्थानमा रहेको छ । माइलेज भनेजति नै पाउने भएपछि ग्राहकको आकर्षण समेत यो स्कुटरमा वढिरहेको देख्न सकिन्छ । जसका कारण १२५ सिसी सेग्मेन्टमा यो स्कुटरले बजार हिस्सा समेत बढाउँदै लगेको छ ।
यस्तो छ माइलेज वढि दिनुको खास कारण
यो स्कुटरमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन जडान गरिएको छ । यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर उपलब्ध छ ।
रे जेडआर एफआई प्रविधिको स्कुटर हो । यसमा सेन्सर र एक्चुएटर जोडिएको हुन्छ । सेन्सर र एक्चुएटरकै कारण यसले बढी माइलेज दिन सफल भएको हो । सेन्सर र एक्चुएटरले वातावरणमा भएका विभिन्न अवस्थालाई ईसीयूमा पठाइरहेको हुन्छ । ईसीयूले त्यही अनुसार कति मात्रामा इन्धन पठाउने भनी निर्धारण गर्छ र आवश्यक मात्रामा मात्र इन्धन पठाउँछ । यसले गर्दा नै एफआई इन्जिनयुक्त मोटरसाइकल वा स्कुटरले धेरै माइलेज दिन्छ । कार्बुरेटर इन्जिनमा भने थ्रोटलको मात्रा अनुसार जति पनि इन्धन पठाउने गरिन्छ ।
त्यसैगरी यसमा भएको थ्रीएस स्विचले पनि माइलेज धेरै दिनमा भूमिका खेलेको हुन्छ । जाम भएको वा अन्य अवस्थामा यसको स्टार्ट आफै नै बन्द हुन्छ । ५ सेकेन्ड भन्दा बढी समय सम्म रोकियो भने यसमा भएको भल्वले थाहा पाउछ र इन्जिनमा पावर सप्लाई कट अफ हुन्छ । फेरि स्टार्ट गर्नु प¥यो भने थ्रोटल भल्वको प्रयोग गर्न सकिन्छ । यो बीचमा इन्जिन बन्द हुँदा पनि माइलेज बढाउनमा भूमिका खेल्छ ।
काठमाडौं–यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ...
काठमाडौँ—नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...
सवारीसाधनको प्रदूषण मापदण्ड बीएस३ बाट एकैपटक बीएस६ मा जाने सरकारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...