हिरोले ल्यायो एक्स पल्स २०० फोरभीको -याली एडिसन, ग्राउन्ड क्लिरियन्स २७५ एमएम

हिरो मोटोकर्पले उच्च ग्राउन्ड क्लिरियन्स सहित एक्स पल्स २०० फोरभीको -याली एडिसनलाई भारतीय बजारमा लन्च गरेको छ । यो अफरोडमैत्री मोटरसाइकलको मूल्य १ लाख ५२ हजार भारु तोकिएको छ ।

यो नयाँ वाइकमा २५० एमएमको फ्रन्ट र १० स्टेपमा एडजस्ट गर्न मिल्ने २२० एमएमको रियर सस्पेन्सन जडान गरिएको छ । यसमा भएको सिट ८८५ एमएम उचाइको छ । यसैगरी यो बाइकको ग्राउन्ड क्लिरियन्स २७५ एमएम भएका कारण जस्तोसुकै अफरोडमा चालाउँदा समेत इन्जिनले जमिनको सतहलाई छुने कुनै जोखिम रहँदैन । साथै एड्जस्टेवल सस्पेनसका कारण यस्तो सडकमा चलाउँदा समेत आरामदायी यात्राको अनुभुती मिल्छ ।

यो स्पेसल एडिसनमा १९९.६ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । जुन आयल–कूल्ड, फ्युल–इन्जेक्टेड, फोर–स्ट्रोक, फोर–भल्भ विशेषतायुक्त छ । यो वाइकको अधिकतम पावर १९.१ हर्सपावर र टर्क १७.३५ एनएम रहेको छ ।

यसमा डीआरएल सहितको एलईडी हेडल्याम्प, ब्लुटुथ कनेक्टिभिटीसहितको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सिंगल च्यानल एबिएस र गियर सिफ्ट लिभर जस्ता फिचर्स उपलब्ध गराइएको छ । यो बाइक रेसिङ कलर ह्वाइट र रेडमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा एक्स्ट्रिम सिरिजका दुई मोटरसाइकल सार्वजनिक गर्दै हिरो

नेपाली बजारमा एक्स्ट्रिम सिरिजका दुई मोटरसाइकल सार्वजनिक गर्दै हिरो

काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले...

एक्सपल्स ४२१ को कन्सेप्ट डिजाइन सार्बजनिक, हिमालयन ४५० संग प्रतिस्पर्धा हुने

एक्सपल्स ४२१ को कन्सेप्ट डिजाइन सार्बजनिक, हिमालयन ४५० संग प्रतिस्पर्धा हुने

विश्वको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरो मोटोकर्पले नयाँ एड्भेन्चर...

अब हिरो एक्सपल्सको मूल्य ३ लाख ९९ हजार, यस्तो छ हिरोको मूल्य सूची

अब हिरो एक्सपल्सको मूल्य ३ लाख ९९ हजार, यस्तो छ हिरोको मूल्य सूची

काठमाडौं – नेपालमा हिरोका विभिन्न बाइक र स्कुटरको मूल्य गत अप्रिल १ देखि नै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...