५० हजार भारुले बढ्यो बिएमडब्ल्यू जि ३१० आर र जि ३१० जिएसको मूल्य

विएमडव्ल्यूको इन्ट्रि लेवल न्याकेड वाइक जि ३१० आर र जि ३१० जिएस ५० हजार भारुले महंगो भएको छ । यी दूई वाइकको नयाँ मूल्य अव भारतमा २ लाख ७० हजार र ३ लाख १० हजार रुपैयाँ पर्ने जनाइएको छ । विएमडब्ल्यूले यी वाइकलाई केही दिनअघि मात्र नयाँ कलर स्किमसहित अपडेट गरेको थियो ।

यी वाइक रेसिङ व्लू र रेसिङ रेड तथा कस्मिक व्ल्याक गरी कुल २ कलर अप्सनमा उपलब्ध छ । फिचर्स र अन्य मेकानिकल पक्षमा खासै परिवर्तन नगरिएको यो अपडेटेड मोडलमा यसअघिकै ३१३ सीसीको इन्जिनलाई निरन्तरता दिइइको छ । यो वाइकको अधिकतम पावर ९ हजार ५ सय आरपिएममा ३३ बिएचपी र टर्क ७ हजार ५ सय आरपिएममा २८ एनएम रहेको छ ।

६ स्पिड गियर वक्स जडान गरिएको यसमा स्लिपर क्लच समेत दिइएको छ । यसमा १७ इन्चको एलोई ह्विल, दुवै चक्कामा डिस्क व्रेक र डवल च्यानल एबिएस उपलब्ध गराइएको छ । यो वाइकमा पूर्णत एलइडी लाइट र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ ।

नेपाली बजारमा यसको विएस६ भर्सनको मूल्य क्रमश १३ लाख ७५ हजार र १४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । भारतमा ५० हजार रुपैयाँ बढ्दा यो बाइकको मूल्य नेपालमा अव २ लाख रुपैयाँसम्मले महंगो पर्ने अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

६० हजार छुटमा विएमडब्लु जी ३१० आरको बिएस४ मोडल

६० हजार छुटमा विएमडब्लु जी ३१० आरको बिएस४ मोडल

विएमडब्लु मोटरसाइकलको नेपालका लागि आधिकारिब बितरक हिमालयन मोटोरार्डले...

छठ सम्म हार्टफोर्ड भीआर मोटरसाइकल किन्दा २५ हजार सम्म फाइदा

छठ सम्म हार्टफोर्ड भीआर मोटरसाइकल किन्दा २५ हजार सम्म फाइदा

काठमाडौं – नेपाली बजारमा उपलब्ध हार्टफोर्डका दुई मोडलमा उपलब्ध मोटरसाइकल...

यी हुन् नेपाली बजारमा उपलब्ध करोड माथीका इलेक्ट्रिक कार, थप नयाँ मोडल आउँदै

यी हुन् नेपाली बजारमा उपलब्ध करोड माथीका इलेक्ट्रिक कार, थप नयाँ मोडल आउँदै

नेपाली अटो बजारमा पछिल्लो समय महंगा र लक्जरी व्रान्डका इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...