घरेलु ब्रान्डको प्रभाव बढ्दा चीनमा युरोपेली प्रिमियम ब्रान्डको मूल्य १० प्रतिशतसम्म कटौती
२०२६ को सुरुवातमा, विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा सवारीसाधनको...
बीएमडब्ल्यु मोटरार्डले भारतीय बजारमा जी ३१० आरआर स्पोर्ट बाइक लन्च गरेको छ । सो बाइक स्ट्यान्डर्ड र स्टाइल स्पोर्ट गरी दुई भेरिएन्टमा सार्वजनिक गरिएको हो । यसको मूल्य क्रमशः २ लाख ८५ हजार र २ लाख ९९ हजार भारु तोकिएको छ ।
हेर्दा टीभीएस अपाचे आरआर ३१० जस्तो लाग्ने यो बाइकको धेरै फिचर टीभीएसको सो बाइकसँग मिल्दोजुल्दो पनि छ । कम्पनीले यसलाई विभिन्न कलर अप्सनमा उपलब्ध गराएको छ ।
यसमा अपाचे आरआर ३१० मा प्रयोग भएकै ३१३ सीसी, सिंगल सिलिन्डर फ्युल इन्जेक्टर इन्जिनको प्रयोग गरिएको छ, जसले ३३.५ बीएचपी पावर र २७.३ एनएम टर्क जेनेरेट गर्छ ।
इन्जिनलाई ६–स्पिड गियरबक्ससँग जोडिएको छ । यसका साथै अपाचेमा उपलब्ध ब्लुटुथ कनेक्टिभिटी, राइड बाई वायर, टर्न बाई टर्न नेभिगेसन र चार राइडिङ मोड – अर्बन, ट्रयाक, स्पोर्ट र रेन जस्ता फिचर यो बाइकमा उपलब्ध छ । यी वाहेक बाई–डाइरेक्सनल क्विक सिफ्टर, ट्रयाक्सन कन्ट्रोल, ड्युअल च्यानल एबीएस र स्लिपर क्लच छ ।
यो बाइकमा फुल एलईडी लाइट र अपाचेकै ५.० इन्चको टीएफटी डिस्प्ले दिइएको छ । त्यसैगरी स्टिल ट्रेलिस फ्रेम, ह्विल र सस्पेन्सनको प्रयोग गरिएको छ ।
२०२६ को सुरुवातमा, विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा सवारीसाधनको...
बीएमडब्ल्युले नयाँ प्लेटफर्म न्यु क्लासेमा आधारित फ्ल्यागसिप मोडल आई३...
नेपाली बजारमा बीएस६ इन्जिनयुक्त बीएमडब्ल्यु जी३१०आर मोटरसाइकल बिक्रीका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...