बीएमडब्ल्यु आईएक्स३ ले पायो वर्ल्ड कार अफ द इयर अवार्ड
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा २०२६ मा आयोजित न्युयोर्क इन्टरनेसनल...
विएमडव्ल्यूले आफ्नो लोकप्रिय मोटरसाइकल जी ३१० आरलाई अपडेट गरेर बजारमा ल्याएको छ । भारतीय बजारमा सार्वजनिक गरिएको यो मोटरसाइकलको मूल्य हाल कारोवार भैरहेको मोडलको तुलनामा ५ हजार भारु वढी निर्धारण गरिएको छ । जसको मूल्य २ लाख ७० हजार भारु निर्धारण गरिएको हो ।
यो वाइक रेसिङ व्लू र रेसिङ रेड तथा कस्मिक व्ल्याक गरी कुल २ कलर अप्सनमा उपलब्ध छ । फिचर्स र अन्य मेकानिकल पक्षमा खासै परिवर्तन नगरिएको यो अपडेटेड मोडलमा यसअघिकै ३१३ सीसीको इन्जिनलाई निरन्तरता दिइइको छ । यो वाइकको अधिकतम पावर ९ हजार ५ सय आरपिएममा ३३ बिएचपी र टर्क ७ हजार ५ सय आरपिएममा २८ एनएम रहेको छ ।
६ स्पिड गियर वक्स जडान गरिएको यसमा स्लिपर क्लच समेत दिइएको छ । यसमा १७ इन्चको एलोई ह्विल, दुवै चक्कामा डिस्क व्रेक र डवल च्यानल एबिएस उपलब्ध गराइएको छ । यो वाइकमा पूर्णत एलइडी लाइट र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ ।
यो वाइकले केटिएम ड्युक ३९० संग सिधा प्रतिस्पर्धा गर्ने देखिएको छ । भारतमा तत्कालका लागि वुकिङमात्र खुल्ला गरिएको यो मोटरसाइकल अवको केही समयपछि नेपाल समेत भित्रिने अनुमान गर्न सकिन्छ । नेपाल आउँदा यसको मूल्य १० लाख माथी पर्ने आँकलन गरिएको छ ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा २०२६ मा आयोजित न्युयोर्क इन्टरनेसनल...
लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले एउटा बटन थिच्दा कारको रङ...
काठमाडौं–लक्ष्मी ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...