यी बाइकमा छ एबीएस : वर्षामा चलाउदा बाइक चिप्लने खतरा हुन्छ कम

एबीएस अर्थात एन्टी लक ब्रेकिङ सिस्टम नभएको बाइक ड्राइभ गर्नु खतरनाक हुन्छ । हाल प्रायः सबै नयाँ बाइकमा एबीएस सिस्टमको प्रयोग गरिएको हुन्छ । एबीएसले दुबै पाङ्ग्राको स्पिड सेन्सरलाई नियन्त्रण गर्छ, जसले गर्दा अचानक ब्रेक लगाउँदा दुबै पाङ्ग्राले बराबर बल लगाएको हुन्छ । एबीएस सिस्टमले अचानक ब्रेक लगाउँदा बाइकको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

एबीएसले सुसज्जित केही बाइकको बारेमा चर्चा गरौं ।

रोयल इन्फिल्ड क्लासिक ३५०
रोयल इन्फिल्डका सबै बाइकमा एबीएस सिस्टम समावेश गरिएको छ । रोयल इन्फिल्डको बाइक किन्ने योजनामा हुनुहुन्छ भने रोयल इन्फिल्डको बाइक छनोट गर्न सक्नुहुन्छ ।

यामाहा एमटी–१५
यामाहा एमटी–१५ भर्सन २.० मा १५५ सीसी लिक्विड–कूल्ड सिंगल–सिलिन्डर इन्जिन छ । यो बाइकले अधिकतम १८.४ पीएस पावर र १४.१ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स छ । एमटी–१५ मा स्लिपर क्लच प्रदान गरिएको छ । यसमा क्विक शिफ्टर जडान गरिएको छैन तर आर१५एममा भने जडान गरिएको छ ।

टीभीएस अपाचे आरटीआर १६०
टीभीएस अपाचे आरटीआर १६० ४भीमा १५०.६ सीसी आयल कुल्ड ४ भल्व इन्जिन द्वारा संचालित छ, जसले १७.४० बीएचपी र १४.७३ एनएमको टर्क जेनेरेट गर्छ । यसलाई ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

टीभीएस अपाचे आरटीआर १६५ आरपी
एबीएस सिस्टमले सुसज्जित यस बाइकमा १६४.९ सीसी सिंगल सिलिन्डर ४ भल्व इन्जिन दिइएको छ, जसले १०००० आरपीएममा १९ एचपीको अधिकतम पावर र ८७५० आरपीएममा १४.२ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिनलाई ५ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ । यसको मूल्य १ लाख ४५ हजार भारु छ ।

सम्बन्धित समाचारहरू

५० हजार माइलस्टोन पुगेको उपलक्ष्यमा एनटर्कियन राइडको आयोजना गरिदै

५० हजार माइलस्टोन पुगेको उपलक्ष्यमा एनटर्कियन राइडको आयोजना गरिदै

काठमाडौं – टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले...

यस्तो हुनेछ टीभीएस रोनिन, लन्च नहुँदै सार्वजनिक

यस्तो हुनेछ टीभीएस रोनिन, लन्च नहुँदै सार्वजनिक

टीभीएस बाइकप्रेमीका लागि रोचक खबर । टीभीएसले बजारमा ल्याउने भनेको नयाँ...

आधुनिक फिचर र सेफ्टीसहित २०२५ टीभीएस रेडर १२५ छिट्टै लन्च हुँदै

आधुनिक फिचर र सेफ्टीसहित २०२५ टीभीएस रेडर १२५ छिट्टै लन्च हुँदै

टीभीएस मोटरले आफ्नो नयाँ संस्करण २०२५ टीभीएस रेडर १२५ भारतीय बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...