इतिहास : थ्री–प्वाइन्ट सिटबेल्टको पेटेन्ट हासिल भएको दिन

सन् १९६२ को जुलाई १० का दिन स्विडिस इन्जिनियर निल्स बोहलिनले थ्री–प्वाइन्ट सेफ्टी बेल्टका लागि अमेरिकी पेटेन्ट हासिल गरेका थिए । उक्त सिटबेल्टलाई ‘गाडीमा प्रयोग गर्न, विशेष गरी रोड भेइकल अर्थात सडकमा प्रयोग हुने गाडी’ का लागि स्वीकृत प्रदान गरिएको थियो ।

भल्वोले करिव ४ वर्ष पहिले बोहलिनलाई कम्पनीको पहिलो सेफ्टी इन्जिनियरको रुपमा भर्ना गरेको थियो । सो समयमा अटो रेसिङ भन्दा अन्य समयमा सेफ्टी बेल्ट कमै मात्र प्रयोग गरिन्थ्यो । कमन ल्याप बेल्ट सिस्टमको प्रयोग गरिने सो जमानामा दुर्घटनाको कारण आन्तरिक चोटपटक लाग्ने सम्भावना हुन्थ्यो ।

यही समस्याको समाधानका लागि बोहलिनले थ्री–प्वाइन्ट सिटबेल्टको डिजाइन गरेका थिए, जुन अहिले पनि प्रयोग गरिन्छ । यसको मुख्य फाइदा भनेको दुर्घटनाको समयमा पनि यसले शरीरको माथिल्लो वा तल्लो दुवै भागलाई बचाउछ ।

सन् १९७० पश्चात यो डिजाइनको सिट बेल्ट सबै सवारी साधनका लागि स्ट्यान्डर्ड बनाइयो । बोहलिनले पनि आफ्नो पेटेन्टको प्रयोग सबै अटोमोबाइल कम्पनीहरुले गर्न सक्ने अनुमति प्रदान गरे । यसले गर्दा आज विश्वभरका चालक र यात्रु दुवैका लागि यो सिटबेल्ट बरदान सावित भएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ हालै नेपाल भित्रिएको बीएमडब्ल्युको र्याली बाइक, मूल्य १४ लाख ७५ हजार

यस्तो छ हालै नेपाल भित्रिएको बीएमडब्ल्युको र्याली बाइक, मूल्य १४ लाख ७५ हजार

नेपाली बजारमा र्याली बाइक भित्रिने क्रम बढ्दो छ । यसै सन्दर्भमा हालै...

नेपाल आउने भयो बीएस६ इन्जिनयुक्त बीएमडब्ल्यु जी३१०आर, खुल्यो प्रि–बुकिङ

नेपाल आउने भयो बीएस६ इन्जिनयुक्त बीएमडब्ल्यु जी३१०आर, खुल्यो प्रि–बुकिङ

नेपाली बजारमा बीएस६ इन्जिनयुक्त बीएमडब्ल्यु जी३१०आर मोटरसाइकल बिक्रीका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...