टीभीएस रोनिनवारे जान्नैपर्ने ५ तथ्य

टीभीएसले केहीदिन अघिमात्र मोडर्न रेट्रो मोटरसाइकल रोनिन लन्च गरेको छ । यो नयाँ मोडलसंगै प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गरेको बताउँदै उसले नयाँ युगका राइडरबाट प्रेरणा लिई यसलाई निर्माण गरिएको दावी गर्यो । यो नयाँ मोटरसाइकल स्टाइल, टेक्नोलोजी र राइडिङ अनुभवका साथ डिजाइन गरिएको कम्पनीको भनाई छ । यो नयाँ वाइकको ५ भिन्न तथ्यहरु यस प्रकार रहेका छन् ।

इन्जिन
रोनिनमा २२५.९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । सो इन्जिनले ७७५० आरपीएममा १५.०१ किलोवाटको पावर र ३७५० आरपीएममा १९.९३ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । टीभीएसले यो इन्जिनले उत्कृष्ट परफर्मेन्स दिने दाबी गरेको छ । यो साइलेन्ट स्टार्ट सिस्टम आइएसजीसँग आउँछ ।

चेसिस तथा फ्रेम
यो नयाँ वाइकलाई टिभिएसले डवल क्रेडल फ्रेम सस्पेन्डेड चेसिसमा निर्माण गरेको हो । ४१ एमएमको एड्जस्ट गर्न नमिल्ने सोवा विग पिस्टन फर्क र ग्यास चार्जड मोनोशक सस्पेन्सन जडान गरिएको छ । यो वाइकको कुल तौल १६० किलोग्राम रहेको छ भने डुअल च्यानल र सिंगल च्यानल एबिएस अप्सनमा उपलब्ध छ । वाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ ।

फिचर्स
रोनिनमा नयाँ प्रविधीको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । जहाँ कम्पनीको प्याटेन्टेड टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ जस्ता फिचर समावेश गरिएको छ । साथै बाइकमा भ्वाइस असिस्ट फिचर उपलब्ध छ, जसले यस बाइकलाई अझ आकर्षक बनाएको छ । वाइकमा पूर्णत एलईडी लाइट र सर्कुलर हेडल्याम्प जडान गरिएको छ ।

मूल्य र भेरियन्ट
कम्पनीले टीभीएस रोनिन ३ भेरिएन्टमा लन्च गरेको छ । सिंगल च्यानल एबिएसको मूल्य १ लाख ४९ हजार, डुअल च्यानलको १ लाख ५६ हजार र टीभीएस रोनिन ट्रिपल–टोन डुअल च्यानलको १ लाख ६८ हजार भारु राखिएको छ ।

प्रतिस्पर्धा
यो नयाँ वाइकले यामाहा एफजेड–एक्स, रोयल इन्फिल्ड क्लासिक, होन्डा सिवी हाइनेस, पल्सर २५० ट्विन्स, डोमिनार २५० र याज्दी स्क्र्म्वलर लगायतसंग प्रतिस्र्धा गर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

लन्च हुँदै नयाँ स्कुटर, प्रशस्तै फर्स्ट इन क्लास र बेस्ट इन क्लास फिचरयुक्त स्कुटरको मूल्य कति ?

लन्च हुँदै नयाँ स्कुटर, प्रशस्तै फर्स्ट इन क्लास र बेस्ट इन क्लास फिचरयुक्त स्कुटरको मूल्य कति ?

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...

बजाज पछि अब टीभीएस पनि सीएनजीमा, टीभीएस जुपिटर स्कुटर सीएनजीमा आउने

बजाज पछि अब टीभीएस पनि सीएनजीमा, टीभीएस जुपिटर स्कुटर सीएनजीमा आउने

भारतमा बजाज फ्रिडम १२५ ले अहिले चर्चा पाएको छ । विश्वकै पहिलो सीएनजी बाइकको...

नेपाली बजारमा बीएस६ आरटीएफआई टीभीएस अपाचे आरटीआर २०० फोरभी, खुल्यो बुकिङ

नेपाली बजारमा बीएस६ आरटीएफआई टीभीएस अपाचे आरटीआर २०० फोरभी, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा टीभीएसको नयाँ आरटीएफआई प्रविधिको बीएस६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...