६० हजार सम्म बढ्यो मोटरहेड मोटरसाइकलका चार मोडलको मूल्य, अन्यको मूल्य यथावत

काठमाडौं – नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले चार मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार दुई मोडलमा ६० हजार र अर्को दुई मोडलमा क्रमशः ५८ हजार र ४० हजार रुपैयाँको दरले मूल्य वृद्धि गरिएको छ ।

नयाँ मूल्य सूची अनुसार मोटरहेड टेक्कन आर २५० को मूल्य ४ लाख १५ हजारबाट ४ लाख ७५ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी स्पोर्ट्स २५० रोड भर्सनको मूल्य ३ लाख ७५ हजारबाट ४ लाख ३५ हजार तथा स्पोर्ट्स २५० अफरोड भर्सनको मूल्य ३ लाख ७२ हजार बाट ४ लाख ३० हजार रुपैयाँ पुगेको छ । स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार बाट ४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

सरकारले बजेटमार्फत २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको कर बढाए पश्चात मोटरहेडले पनि यी मोटरसाइकलको मूल्य बढाएको हो । त्यसैगरी ढुवानी खर्च र डलरको बढेको भाउले समेत असर पारेको कम्पनीको भनाइ छ । बढेको मूल्य आजैदेखि लागू हुने बताइएको छ ।

यद्यपि मोटरहेडका अन्य मोडलको मूल्य भने यथावत रहेको छ । नेपाली बजारमा उपलब्ध एमएच १५० को मूल्य ३ लाख १० हजार, एमएच २०० को मूल्य ३ लाख ७५ हजार, एक्सटर्क २५० को मूल्य ३ लाख ९० हजार र टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचारहरू

चीनमा निर्मित इटालियन ब्रान्डका स्पोर्ट्स बाइक र स्कुटर नेपाली बजारमा

चीनमा निर्मित इटालियन ब्रान्डका स्पोर्ट्स बाइक र स्कुटर नेपाली बजारमा

काठमाडौं – नेपाली बजारमा चीनमा निर्मित इटालियन ब्रान्ड ‘टारो’ का...

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एसएलआर टेक्नो...

मंसिर २२ देखि मोटरहेड भ्याली एक्सचेन्ज, बाइक किन्दा डर्ट हेल्मेट निःशुल्क

मंसिर २२ देखि मोटरहेड भ्याली एक्सचेन्ज, बाइक किन्दा डर्ट हेल्मेट निःशुल्क

काठमाडौं – मोटरहेड ब्रान्डको आधिकारिक वितरण एसएलआर टेक्नो एन्ड ट्रेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...