सौराहामा सम्पन्न भयो नेपालमै उत्पादित डेल्टा मोटरसाइकल टायरको डिलर मिट

चितवनको सौराहामा डेल्टा मोटरसाइकल टायरको देशभरका डिलरहरुको भेला सम्पन्न भएको छ । डेल्टा टायर बिक्री–वितरण गरिरहेको ग्रिन टायर्स प्रालिको आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सको आयोजनामा सो भेला सम्पन्न भएको हो ।

सो अवसरमा देशभरका ३० डिलर प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपाली बजारमा उपलब्ध मोटरसाइकल टायरका रेन्ज र यसका विभिन्न विशेषताको वारेमा चर्चा हुनुका साथै चालु आर्थिक वर्षको उपलब्धिको समीक्षा र आगामी आर्थिक वर्षको कार्ययोजना वारेमा सो अवसरमा छलफल भएको थियो । सो अवसरमा डिलरहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा ग्रिन टायर्सको तर्फबाट डाइरेक्टर बिनित सिंघानिया र श्रीष कटारुकाका साथै डेल्टा डिस्ट्रिब्युटर्सका डाइरेक्टर विकास सिंघानियाले सहभागीहरुलाई विभिन्न विषयमा जानकारी दिएका थिए ।

मोरङको कटहरीमा अवस्थित ग्रिन टायर्स प्रालि नेपालकै पहिलो टायर निर्माता कम्पनी हो । कम्पनीले पहिलो चरणमा दुईपांग्रे र तीनपांग्रे सवारी साधनका लागि आवश्यक टायर र ट्रयाक्टर टायर समेत उत्पादन गरिरहेको छ । प्रतिवर्ष २ लाख टायर उत्पादन गर्ने क्षमता रहेको सो कम्पनीले आगामी २०२५ सम्म करिव ६ लाख टायर वार्षिक रुपमा उत्पादन गर्ने लक्ष्य लिएको छ ।

हाल कम्पनीले दुईपांग्रे र तीनपांग्रेका लागि २५ भन्दा बढी साइजमा डेल्टा टायर उत्पादन गरिरहेको छ भने ट्रयाक्टर लगायतका कृषि सम्बद्ध सवारी साधनका लागि शेर्पा टायर उत्पादन गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

सावधान ! कारको स्टेयरिङ कम्पन भइरहेको छ भने निम्त्याउन सक्छ ठूलो क्षति

सावधान ! कारको स्टेयरिङ कम्पन भइरहेको छ भने निम्त्याउन सक्छ ठूलो क्षति

दैनिक यात्रा गर्ने धेरै मानिसको प्रमुख सवारीसाधन कार हो। तर कहिलेकाहीँ...

गोरखकाली रबर उद्योग : के फेरि सञ्चालनमा आउला ?

गोरखकाली रबर उद्योग : के फेरि सञ्चालनमा आउला ?

काठमाडौँ – रुग्ण गोरखकाली रबर उद्योग लिमिटेडलाई पुरानै स्थितिमा...

जेके टायरले ल्यायो हावा ननिस्कने पन्चर गार्ड टायर, के हो पन्चर गार्ड ?

जेके टायरले ल्यायो हावा ननिस्कने पन्चर गार्ड टायर, के हो पन्चर गार्ड ?

जेके टायरले चार पाङ्ग्रे सवारीका लागि पन्चर गार्ड टायर लन्च गरेको छ । जेके...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...