नारायणगढ–मुग्लिन सडकः पहिरोको हिसाबले १७ ठाउँ उच्च जोखिममा

चितवन - नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन्।

ती ठाउँमा यसवर्ष पहिरो खसेर दुःख दिइरहेका छन्। तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिनतर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ। त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिए। त्यसका अतिरिक्त सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेका छन्। ती १७ ठाउँमा गत वर्ष पहिरो खसेको थियो।

कतिपय ठाउँमा सुख्खा पहिरोसमेत खसेर दुःख दिएको कार्की बताउँछन्। राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गर्दछन्। सडक पुनःनिर्माणको काम सकिए पनि  सडक माथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो। डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुलःनिर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताए।

उनले भने, ‘मुख्य रूपमा पुल बनाउँदै गरेका ठाउँमा बढी समस्या देखिएको छ।’ ती ठाउँमा भित्ता काटिएकाले पहिरो खसेको हो। सो सडक खण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चार वटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ, भने १४  निर्माणको अन्तिम चरणमा रहेको छ। एउटा निर्माण सुरू हुने प्रक्रियामा छ। नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजना अन्तर्गत नारायणगढ-मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो। सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो।

सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो। अधिकांश ठाउँमा भित्तो काटिएको थियो।  जसमध्ये सात ठाउँमा महत्वका साथ पहिरो रोक्ने काम गरिएको थियो। पहिरो रोक्ने कामका लागि मात्र रु ४० करोड खर्च भएको छ। सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको थियो। यस वर्ष पुलका कारण तासिएको भित्तोबाट समेत पहिरो खसेको हो।

सो सडकमा वर्षातको समयमा पटक-पटक पहिरो खसेर दुःख दिने गरेको छ। नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्गले धेरै दुःख दिएपछि चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी, डिभिजन सडकका प्रमुखसहितका सरोकारवालाको संयुक्त बैठक बसेर पूर्व तयारीका योजनासमेत तय गरिएको छ। पहिरोको उच्च जोखिम भएका क्षेत्रमा उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इञ्जिनियर बाबुराम सापकोटाका अनुसार पहिरो पन्छ्याउन हरेक वर्ष कम्तीमा १३ लाख खर्च हुने गरेको तथ्याङ्क छ। हाल सो सडकमा पहिरो पन्छाउनका लागि स्काभेटर सहितको प्राविधिक टोली २४ सैं घन्टा सडकमा नै खटिएको छ। रासस

फाइल तस्बिर

सम्बन्धित समाचारहरू

चुनाव प्रचारमा छत खोलेर हिँड्न मिल्ने ‘रुफटप भेइकल’ प्रयोग गर्न नदिने सरकारको निर्णय

चुनाव प्रचारमा छत खोलेर हिँड्न मिल्ने ‘रुफटप भेइकल’ प्रयोग गर्न नदिने सरकारको निर्णय

काठमाडौं – सरकारले निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर...

यातायात कार्यालयको राजस्व भुक्तानी आजदेखि अनलाइन माध्यमबाट

यातायात कार्यालयको राजस्व भुक्तानी आजदेखि अनलाइन माध्यमबाट

बागमती प्रदेशभित्रका यातायात कार्यालयबाट सेवा लिँदै आएका सेवाग्राहीले...

निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेशनलाई टेलिभिजन सेट लगायत सहयोग

निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेशनलाई टेलिभिजन सेट लगायत सहयोग

काठमाडौं – स्थानीय प्रशासनलाई सहयोग पुर्याउने र समुदाय पुनःस्थापनामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...