अब ५० हजार डलर भन्दा बढी मूल्यका सवारी साधन पनि आयात गर्न पाइने

काठमाडौं – अब नेपाली बजारमा ५० हजार डलर भन्दा बढी मूल्यका सवारी साधन पनि आयात गर्न पाइने भएको छ । मन्त्रिपरिषदले निर्णय पहिले नै गरिसकेको भए पनि हाल यस सम्बन्धी निर्णयको जानकारी राजपत्रमा प्रकाशित भएको हो ।  यो भन्दा पहिले सरकारले गत चैतको मध्यतिर कोरोना भाइरसको प्रकोप फैलिने डर भएको समयमा गरिएका विभिन्न निर्णयहरु मध्ये सो बन्देज पनि एक थियो । त्यो अवस्थामा ५० हजार डलर अर्थात करिव ६० लाख भन्दा महंगा गाडी आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारको सो निर्णयले स्वदेशी धनाढ्यसँगै विदेशी कुटनीतिक नियोग,कुटनीतिक सुविधा प्राप्त संघ संस्था तथा विदेशी कर्मचारीहरु समेतले निजी प्रयोगका लागि महङ्गा गाडी किन्न पाउने अवस्था थिएन । तर सरकारले आफ्नै पूर्व निर्णयलाई उल्टाउँदै पुनः निर्णय गरेसँगै तत्कालका लागि यो बन्देज हटेको छ । योसँगै अब नेपाली अटोमोबाइल व्यवसायीहरुलाई जतिपनि महंगा र लक्जरी गाडीहरु भित्र्याउन र बिक्री वितरण गर्न बाटो खुलेको छ । यससँगै यसअघि नेपाली बजारमा कारोबार हुँदै आइरहेका ल्यान्डरोभर, मर्सिडिज बेन्ज, लेक्सस र टोयोटाका केही गाडी पुनः नेपाल भित्रिने बाटो खुलेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...