‘जेनजी’ आन्दोलनमा जलेको एवोनको थापाथली सोरुम पुनः सञ्चालनमा

काठमाडौं–गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा जलेको थापाथलीस्थिते एवोनको सोरुम पुनः सञ्चालनमा आएको छ । सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आयोनको फ्ल्यागसिप सोरुम पुनः सञ्चालनमा ल्याएको हो ।

नयाँ सोरुमको उद्घाटन सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र जीएसी इन्टरनेसनल र जीएसी एवोनका प्रतिनिधि रेमन वाङले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा कम्पनीले यो केवल सोरुम उद्घाटन मात्र नभई नेपालमा आधुनिक विद्युतीय यातायातको नयाँ अध्याय सुरु भएको जनाएको छ ।

सीजी मोटर्सका अनुसार, एवोन फ्ल्यागसिप सोरुममार्फत कम्पनीले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको ईभी बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाउने लक्ष्य राखेको छ । ग्राहकलाई अत्याधुनिक विद्युतीय सवारी, प्रिमियम ब्रान्ड अनुभव, उत्कृष्ट बिक्रीपछिको सेवा तथा भरपर्दो चार्जिङ सपोर्ट उपलब्ध गराउने उद्देश्य कम्पनीको रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा लोकप्रियता हासिल गरिसकेका एवोन एसयूभी मोडेल केही समयदेखि नेपाली बजारमा उपलब्ध छन् । आधुनिक डिजाइन, उन्नत सुरक्षा प्रविधि तथा आरामदायी सुविधाका कारण यी मोडेल नेपाली ग्राहकबीच लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।

एवोन भीलाई प्रिमियम तथा शक्तिशाली इलेक्ट्रिक एसयूभीका रूपमा बजारमा प्रस्तुत गरिएको छ । यसमा ७५.३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । जसले लक्जरी भेरियन्टमा ६५० किलोमिटरसम्मको एनईडीसी ड्राइभिङ रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । साथै, यसमा एकसय किलोवाट मोटर, २४० एनएम अधिकतम टर्क तथा १८५ एमएम ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ, जसले सहरी तथा लामो दुरीको यात्रालाई सहज बनाउने बताइएको छ ।

त्यसैगरी एवोन वाईलाई पारिवारिक प्रयोगका लागि उपयुक्त, स्टाइलिस तथा सहज इलेक्ट्रिक गाडीका रूपमा प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार, एआईओएन वाई र एआईओएन भी दुवैले जीएसी मोटरको उन्नत ईभी प्रविधि, लामो ड्राइभिङ रेन्ज, आरामदायी डिजाइन तथा सुरक्षाप्रतिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छन् ।

सीजी मोटर्सले हाल नेपालभर २६० भन्दा बढी स्थानमा चार्जिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले आगामी दिनमा चार्जिङ नेटवर्कलाई थप विस्तार गर्ने योजना समेत सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचारहरू

लुयान स्कुटर किन्दा नगद छुट र निशूल्क एक्सेसरीज

लुयान स्कुटर किन्दा नगद छुट र निशूल्क एक्सेसरीज

काठमाडौं– लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड...

इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० : १५ डिलरबाट बुकिङ, १०० युनिट मात्र आउने

इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० : १५ डिलरबाट बुकिङ, १०० युनिट मात्र आउने

काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० को...

खारेज भयो एप्पल कार प्रोजेक्ट, अब एप्पलले कार नबनाउने

खारेज भयो एप्पल कार प्रोजेक्ट, अब एप्पलले कार नबनाउने

अरबौं खर्च गरिएको, धेरै नेतृत्व परिवर्तन भएको र अनगिन्ती अफवाहहरूका साथ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...