डिटेल लिक : हिरो एक्सपल्स २०० फोरभी अब -याली एडिसनमा आउने

हिरो मोटोकर्पको लोकप्रिय अफरोडर बाइक एक्सपल्स २०० फोरभी अब -याली एडिसनमा आउने भएको छ ।

हालै मिडियाहरुमा लिक भएको टाइप एप्रुभल डकुमेन्ट अनुसार हिरोले अहिले उपलब्ध एक्सपल्स २०० फोरभीको अझै हार्डकोर भर्सन बजारमा ल्याउने तयारी गरिरहेको छ । यसको नाम हिरो एक्सपल्स फोरभी -याली एडिसन हुनेछ ।

कम्पनीले आधिकारिक रुपमा यसको वारेमा जानकारी सार्वजनिक नगरे पनि डकुमेन्टका आधारमा नयाँ अफरोड बाइकको विभिन्न विशेषता थाहा भएको छ ।

सबैभन्दा महत्वपूर्ण तथ्य के थाहा भएको छ भने यो हिरो एक्सपल्स २०० फोरभीकै अर्को भर्सन हुनेछ । यो स्ट्यान्डर्ड एक्सपल्स फोरभी भन्दा माथिल्लो भेरिएन्ट हुनेछ । यसमा प्रयोग हुने पार्ट्स र एसेसरिज स्ट्यान्डर्ड बाइकको अप्सनल एसेसरिजको रुपमा प्रयोग गर्न सकिने छ ।

यसको मेकानिकल कम्पोनेन्ट भने स्ट्यान्डर्ड २०० फोरभीकै हुनेछ । यसको अर्थ यसमा १९९.६ सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिने छ, जसले १८.९ एचपी पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ ।

डकुमेन्ट अनुसार बाइकलाई स्पोर्टी बनाउन यसको डाइमेन्सनमा स्ट्यान्डर्ड मोडल भन्दा केही सुधार गरिएको छ । यसको समग्र चौडाई उही भए पनि लम्बाई, उचाई, ह्विलबेस आदि केही बढाइएको छ ।

यो बाइकमा अफरोडमा आधारित रबर प्रयोग गरिएको छ । त्यसैगरी लङ ट्राभल सस्पेन्सन, अप्सनल सेन्टर स्ट्यान्ड सहित लामो साइड स्ट्यान्ड, ह्यान्डलबार राइजर आदि प्रयोग गरिएको हुनेछ ।

सम्बन्धित समाचारहरू

हिरो स्प्लेन्डरलाई इलेक्ट्रिक गराउन मन छ ? आयो यस्तो इलेक्ट्रिक किट, फुल चार्जमा १५१ किमी

हिरो स्प्लेन्डरलाई इलेक्ट्रिक गराउन मन छ ? आयो यस्तो इलेक्ट्रिक किट, फुल चार्जमा १५१ किमी

हिरो मोटोकर्पले अहिलेसम्म एउटा पनि इलेक्ट्रिक मोटरसाइकल वा इलेक्ट्रिक...

हिरो मोटरसाइकल र स्कुटरमा अव कारमा जस्तै सेफ्टि फिचर उपलब्ध हुने

हिरो मोटरसाइकल र स्कुटरमा अव कारमा जस्तै सेफ्टि फिचर उपलब्ध हुने

हिरो मोटोकर्पले आफ्ना मोटरसाइकल र स्कुटरका लागि उन्नत राइडर सहायता...

हिरोको नयाँ ४४० सीसी मोटरसाइकल सार्वजनिक

हिरोको नयाँ ४४० सीसी मोटरसाइकल सार्वजनिक

हिरो मोटोकर्पले भारतमा नयाँ फ्ल्यागसिप मोटरसाइकल माभरिक ४४० सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...