सिएट टायरको रिटेलर मिट सम्पन्न, टु–ह्विलरमा नम्वर–वान दाबी
काठमाडौं–सिएट टायरको नेपालका लागि आधिकारिक वितरक एसटिसी अटो प्रालिले...
विश्वप्रख्यात टायर व्रान्ड मिसेलिन प्यासेन्जर कार सेग्मेन्टमा ५ र कमर्सियल भेइकलमा ४ स्टार रेटिङ पाउने भारतको पहिलो टायर ब्रान्ड बनेको छ । भारत सरकारले शुरु गरेको नयाँ स्टार लेवलिङ प्रोग्राममा यो ब्रान्डले पहिलो पटक यस्तो उपाधी पाएको कम्पनीले जनाएको छ । यो व्रान्डको ल्याटिच्यूड स्पोर्ट३ र पाइलट स्पोर्ट४ एसयुभी टायरले प्यासेन्जर कार टायर क्याटेगोरीमा ५ स्टार रेटिङ हाँसिल गरेका हुन् ।
यसको साथै केही समय अघिमात्र भारतको व्यूरो अफ इनर्जी इफिसियन्सीले यो ब्रान्डको कमर्सियल भेइकलमा लाग्ने टायर मल्टि इनर्जी जेडलाई भारतको पहिलो ४ स्टार रेटिङ टायरवाट सम्मानित गरेको थियो । यी उपाधी हाँसिल गरेपछि इण्डिया रिजन हेर्ने कमर्सियल डाइरेक्टर मनिष पाण्डेले प्रतिक्रिया दिँदै भने, ‘मिसेलिन जहिल्यै पनि भविष्यको मोविलिटीलाई आधार मानेर टायर उत्पादन गर्दै आइरहेको व्राण्ड हो । यो ब्रान्डको टायर वातवरणमैत्री, इन्धन किफायती र सुरक्षित रहँदै आएको कुरा यी दुई उपाधीले थप पुष्टि गरेको छ ।’
कम्पनीका अनुसार ५ स्टार रेटिङ पाएका ल्याटिच्यूड स्पोर्ट३ र पाइलट स्पोर्ट४ एसयुभी टायरले सामन्य टायरको तुलनामा ९.५ प्रतिशतसम्म कम इन्धन खपत गर्ने र प्रदुषण कम गर्न सघाउँछ । कम्पनीले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘यी टायरले सामन्य टारको तुलनामा ७५० किलोसम्म कम कार्वनडाई अक्साइड उत्र्सजन गरेर वायुमण्डलमा बढिरहेको प्रदुषणको मात्रा कम गर्न सघाउँ पुर्याउँछ ।’
मिसेलिन नेपाली बजारमा समेत उपलव्ध रहँदै आएको छ । यो टायरलाई सिप्रद्धी अटो पार्ट्सले अयात गरी कारोवार गर्दै आइरहेको छ । नेपाली बजारमा यसको टु ह्विलरदेखी प्यासेन्जर कार र कमर्सियल भेइकलल लगायत अन्य सवारीसाधनमा समेत प्रयोग गर्न मिल्ने विभिन्न साइजका टायरहरु उपलब्ध छन् । नेपालमा प्राय सवैजसो प्रिमियम ब्रान्डका प्यासेन्जर कार र मोटरसाइकल तथा हेभी ड्युटि कमर्सियल भेइकलमा यो टायरको खपत बढिरहेको छ ।
काठमाडौं–सिएट टायरको नेपालका लागि आधिकारिक वितरक एसटिसी अटो प्रालिले...
नारायणी अटो बिजनेस प्रालिले ललितपुरको बालकुमारीमा सिएट टायरको नयाँ शोरुम...
सियट टायरको नेपालका लागि आधिकारिक विक्रेता एसटीसी अटो टु ह्विलर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...