चितवनमा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण सम्पन्न

चितवन – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन, प्रदेश ३ सँगको सहकार्यमा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले आर्थिक बर्ष २०७९/८० को बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौलता आएको भन्दै देशमा विद्यमान तरलता अभावले व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्न कठीन हुदै गएको बताए ।

अध्यक्ष थापाले विश्वमा विद्युतीय सवारी साधनहरुको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरुको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नु पर्ने बताए । यसै क्रममा अध्यक्ष थापाले व्यवसाय मैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दवाव दिदै आएको परिप्रेक्षमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउदै आएको बताए ।

सो कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजस्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउन्टेन्ट निकेट अग्रवालले आ—आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्वय अनुप बराल, निलमणी पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

नाडाले गत जेष्ठ २७ गते लुम्बिनी अटोमोबाइल्स एसोसिएसन, प्रदेश ५ को सहकार्यमा सोही प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । नाडाले यही असार मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दे जाने बताएको छ ।

सम्बन्धित समाचारहरू

नाडा अध्यक्ष भन्छन् – नाडा अटो शोमा १ रुपैयाँको कम्पोनेन्ट देखि करोडौंको गाडी हेर्न पाइने छ

नाडा अध्यक्ष भन्छन् – नाडा अटो शोमा १ रुपैयाँको कम्पोनेन्ट देखि करोडौंको गाडी हेर्न पाइने छ

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले...

घाइते अवस्थामा रहको सवारी बजारलाई मलमपट्टी देला त बजेटले ?

घाइते अवस्थामा रहको सवारी बजारलाई मलमपट्टी देला त बजेटले ?

वैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावसँगै समस्यामा पर्न थालेको सवारी...

नाडा अटो शोको ‘हट केक मोडल’ बन्न सक्ने बीवाईडी एट्टो२, यस्तो छ फिचर र पर्फमेन्स

नाडा अटो शोको ‘हट केक मोडल’ बन्न सक्ने बीवाईडी एट्टो२, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं–बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...