ब्लुटुथको साथ डिजिटल स्पिडोमिटर समावेश गरी अपडेट भर्सनमा आउँदै छ टीभीएस रेडिअन

टीभीएसले चाँडै नै टीभीएस रेडिअनको अपडेट भर्सन लन्च गर्ने भएको छ । हिरो स्प्लेन्डर प्लसको एक्सटेक एडिसनसँग प्रतिस्पर्धा गर्न टीभीएसले स्मार्ट मोडल लन्च गर्न लागेको हो ।

नयाँ मोडलमा डिजिटल स्पिडोमिटर, ब्लुटुथ कनेक्टिभिटी, स्मार्ट नेभिगेसन, एलईडी डीआरएल जस्ता धेरै स्मार्ट फिचर हुनेछ । टीभीएस रेडिअन हाल ५ भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ५९ हजार ९२५ देखि ७४ हजार ९६६ सम्म रहेको छ ।

टीभीएस रेडिअनको नयाँ मोडलमा कम्पनीले टीभीएस रेडरको फिचर दिन सक्नेछ । टीभीएस रेडर मोडल रेडिअनसँग मिल्दोजुल्दो छ । अपडेट रेडिअन मोडलमा डिजिटल स्पिडोमिटर, ब्लुटुथ कनेक्टिभिटी, स्मार्ट नेभिगेसन, एलईडी डीआरएल हेडलाइट जस्ता स्मार्ट फिचर समावेश पछि स्प्लेन्डर भन्दा राम्रो मोडल हुने अनुमान गरिएको छ ।

टीभीएस रेडिअनको अपडेट मोडलमा रियल टाइम फ्युल एफिसियन्सी, साइड स्ट्यान्ड इन्डिकेटर, सर्भिस रिमाइन्डर, ट्यांक रेन्ज, लो फ्युल इन्डिकेटर जस्ता फिचर उपलब्ध हुनेछ । यद्यपि रेडिअनमा फ्रन्ट डिस्क ब्रेकको विकल्प हुनेछ ।

सम्बन्धित समाचारहरू

टीभीएसको पहिलो एड्भेन्चर बाइक अपाचे आरटीएक्स लन्च

टीभीएसको पहिलो एड्भेन्चर बाइक अपाचे आरटीएक्स लन्च

टीभीएसले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल अपाचे आरटीएक्स लन्च गरेको छ।...

५० हजार सदस्य पुगेको उपलक्ष्यमा एनटर्कियन राइड सम्पन्न

५० हजार सदस्य पुगेको उपलक्ष्यमा एनटर्कियन राइड सम्पन्न

काठमाडौं – टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले...

टीभीएस एनटर्क अब १५० सीसी इन्जिनमा पनि आउने, ४ दिनपछि लन्च हुँदै

टीभीएस एनटर्क अब १५० सीसी इन्जिनमा पनि आउने, ४ दिनपछि लन्च हुँदै

टीभीएसको लोकप्रिय स्कुटर एनटर्क अब १५० सीसी इन्जिनमा पनि उपलब्ध हुने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...